ghar sansar

उद्योग बाणिज्य संघको मेला उद्घाटनमा हेपिए एमालेका दुई मन्त्री, बोल्न समेत दिइएन्

महेन्द्रनगर । खुला मञ्चमा सुरु १४ औं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन कार्यक्रमा सहभागी एमालेका दुई मन्त्री मन्तव्य राख्न नपाएर फर्र्किएका छन् । उद्घाटन कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कार्यक्रममा बोल्न नपाएका हुन् ।

उनीहरु दुबै जना कार्यक्रमका प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगै मञ्च आएका थिए । मञ्चमा उनीहरु दुबै जनालाई आशन ग्रहण भने गराइएको थियो ।

lotus institite

उद्घाटन कार्यक्रममा एमालेका साँसद तारालामा तामाङ्ग र काँग्रेसका साँसद रमेश लेखकलाई बोल्न दिएपछि सिधै प्रधानमन्त्री दाहाललाई मन्तव्य लागि आग्रह गरिएको थियो । प्रधानमन्त्री दाहालले बोल्न अघि मन्त्रीद्वय भण्डारी र गिरीलाई बोल्न दिने अपेक्षा गरिएको थियो ।

कार्यक्रम उद्घोषक कञ्चनपुर उद्योग बाणिज्य संघका महासचिव खगेश्वर बोहराले साँसद लेखक बोलेपछि सिधै प्रधानमन्त्रीलाई बोलाएपछि मञ्चमा उपस्थितले एक अर्कालाई हेरेका थिए ।

daimond public

प्रधानमन्त्री दाहालको मन्तव्य सकिएपछि उनी मन्त्रीद्वय भण्डारी र गिरी दुबैलाई मायाको चिनो प्रदान गरे । मन्त्री भण्डारीले मायाको चिनो गरे लगत्तै उनले चिनो सहित खादालाई मञ्चमा राखेर असन्तुष्टि पोखे ।

मायाको चिनो र खादा मञ्चमा राख्न अघि उनले आयोजक बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीसित केही कुरा गरेका थिए । मञ्चमा सहभागी अतिथिका अनुसार मन्त्री भण्डारीले अध्यक्ष जोशीसित कार्यक्रममा बोलाएर अपपान गरेको गुनासो गरेका छन् ।

उद्घाटन कार्यक्रम समापन भएर प्रधानमन्त्री दाहाल सहितका सबै अतिथि मञ्चबाट बाहिरिएपछि मन्त्रीद्वयलाई बोल्न नदिएकोमा उद्यमी व्यवसायीले असन्तुष्टि जनाए ।

‘अरुलाई बोल्न नदिए पनि मन्त्रीहरुलाई त बोल्नु दिनु पर्ने थियो, यो बाणिज्य संघको ठूलो भूल हो’ कार्यक्रमपछि संघका एक पूर्व पदाधिकारीले भने ।

बाणिज्य संघ स्रोतका अनुसार मन्त्री भण्डारीलाई बोल्ने दिने कार्यक्रम भए पनि वक्ताको सूची बनाउँदा कम्युटर टाइप गर्ने क्रममा छुटेपछि उनी मन्तव्य राख्नबाट छुटेका छन् ।

कार्यक्रमका सञ्चालक महासचिव बोहरालाई कार्यक्रमका सञ्चालनका लागि कम्प्युटर टाइप गरिएको सूची दिइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...