ghar sansar

साँसद रमेश लेखकले भने– ‘प्रधानमन्त्री जे भन्नु हुन्छ, त्यो गरेरै छाड्नु हुन्छ, त्यसैले हामी विश्वस्त छौ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद एवम् काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले सुुदूरपश्चिममा आएर बोलेका सबै कुरा पूरा गर्नेमा विश्वस्त भएको बताएका छन् । उनले प्रधानमन्त्री दाहाल भनेका कुरा गरेर छाड्ने स्वभावको भएको उल्लेख गरे ।

‘शान्ति वार्ताको सदस्यको हैसियतामा पनि मैले वहाँलाई चिन्ने काम मौका पाएछु । वहाँसित नजिक भएर काम गर्ने मौका पाएको छु’ १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा उनले भने, ‘वहाँ जे भन्नु हुन्छ, त्यो गरेर छाड्नु हुन्छ, त्यसैले हामी विश्वस्त छौ ।’

,orning glory badhai
dirghayi clinic

साँसद लेखकले प्रधानमन्त्री दाहाललाई मझगाउँ विमानस्थल, महाकाली प्रादेशिक अस्पताल व्यवस्थति सञ्चालन, छेला औद्योगिक क्षेत्र सञ्चालन, कञ्चनपुरका बाढी र डुबानको समस्या पूर्ण रुपमा हल गर्नका लागि आग्रह गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्विद्यालयको विकास र यातायात क्षेत्रका समस्या समाधनका लागि पनि उनले प्रधानमन्त्री दाहालसित आग्रह गरे ।

कार्यक्रममा उनले सुदूरपश्चिम क्षेत्रकै दामोदर भण्डारीलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री पाउनु गर्वको कुरा भएको उल्लेख गर्र्दै औद्योगिक क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने बताए ।

दोधारा चाँदनी र छेला दैजी क्षेत्रलाई ट्रेड फ्रि जोन बनाएर भारतसित व्यापार सहज बनाउनु पर्ने साँसद लेखकको भनाई थियो ।

‘प्रधानमन्त्रीज्यूले विकासको ढोका खोल्ने कुरा गर्नु भाको छ, दोधारा चाँदनी या छेला दैजी कता हुन्छ, ट्रेड फ्रि जोन बनाउन आवश्यक छ’ उनले भने, ‘विकासको ढोका खोलेर मात्रै हुँदैन, त्यसबाट के पठाउने भन्ने पनि हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...