मन्त्री भण्डारीलाई चाहिएको रहेछ यस्तो सम्मान, निरीक्षण गर्न आउँदा पनि सम्मान थापेर फर्किए

महेन्द्रनगर । बेदकोट उद्योग बाणिज्य संघले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई सम्मान गरेको छ । पाँच दिन अघि प्रधानमन्त्रीसित महेन्द्रनगर आएर पनि छेला औद्योगिक क्षेत्र नगई फर्किएका मन्त्री भण्डारीलाई शुक्रबार संघले सम्मान पत्र प्रदान गरी सम्मान गरेको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघले खुला मञ्चमा आयोजना गरेको मेला उद्घाटन सम्बोधन गर्न मन्त्री भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहालसंगै सहभागी भएका थिए । आयोजकले उनलाई मन्तव्य राख्न नदिएपछि असन्तुष्ट भएर उनी मेलाबाट बाहिरिएका थिए ।

janjyoti campus

बाणिज्य संघले बोल्न नदिएर असन्तुष्ट भण्डारीलाई बेदकोट उद्योग बाणिज्य संघले एकाएक आमन्त्रण गरी छेला औद्योगिक क्षेत्र निरीक्षण गराएर सम्मान गरेको छ । संघका अध्यक्ष शंकर बहादुर चन्द र महासचिव राम चन्द्र रेग्मीले मन्त्री भण्डारीको कार्यक्रमका लागि सबैभन्दा दौडधुप गरेका छन् । उनीहरु दुई जना बाहेक संघका केही पदाधिकारी र सदस्य भने कार्यक्रममा समेत अनुस्थित भएका छन् ।

बेदकोट नगर संघ कोभिड महामारीपछि निष्क्रिय भएको थियो । संघका पदाधिकारीका अनुसार संघको नियमित बैठक समेत बसेको छैन । उद्योग बाणिज्य संघले मञ्चमा बोल्न नदिएपछि संघले भण्डारीलाई बोलाएर बाणिज्य संघले गरेको अपमान बिर्साउन खोजेको छ ।

मन्त्री भण्डारीको कार्यक्रममा सहभागी हुन संघले बिहीबार सबै पत्रकारलाई आमन्त्रण पठाएको थियो । मञ्चमा बोल्न नपाएपछि एमालेको उद्योग व्यापार व्यवसाय फाँटले बिहीबार विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएको थियो ।

छेला औद्योगिक क्षेत्र निरीक्षण गरेपछि मन्त्री भण्डारी दैजीस्थित हाइवे ग्रिनमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा मन्त्री भण्डारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारी र सदस्य भने अनुपस्थित भएका छन् । भण्डारीलाई बोल्न नदिइएको घटनामा कञ्चनपुर उद्योग वाणिज्य संघले समय व्यवस्थापनमा कमजोरी भएको भन्दै माफि मागिसकेको छ ।

ghar sansar
सम्बन्धित
Loading...