ghar sansar

मन्त्री भण्डारी भन्छन्– कति दिन मन्त्री रहन्छु भन्ने म आफैंलाई थाह छैन

khasi

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूलाई मन्त्रीको कार्यकाल थाहा नभएको बताएका छन् । राजनीति तरल अवस्थामा रहेकाले आफू कति दिन मन्त्रालयको जिम्मेवारीमा हुने भन्ने यकिन नभएको मन्त्री भण्डारीले उल्लेख गरे ।

dirghayi clinic

‘अहिले राजनीति तरल छ, म कति दिन मन्त्री बन्न सक्छुँ थाहा छैन,’ गृह जिल्ला बैतडीमा आयोजित कार्यक्रममा उनले भने, ‘जति दिन मन्त्रीको जिम्मेवारीमा रहन्छु सुदूरपश्चिमलाई केन्द्रभागमा राखेर राष्ट्रलाई शीरमा राखेर क्षमता, योग्यता र अनुभवले भ्याएसम्मको काम गर्नेछुँ ।’

सुदूरपश्चिम र पहाडी क्षेत्र विकासको दृष्टिले धेरै पछाडि परेको उनले बताए । आफूले सरकारमा निरन्तरता पाएमा विकासका लागि सुदूरपश्चिमका जिल्लामा केन्द्र सरकारबाट पर्याप्त बजेट विनियोजन गर्ने बताए ।

‘सुदूरपश्चिममा अभाव नै अभाव छ, अहिलेको बजेटले विकासका काम गर्न पुगिरहेको छैन,’ उनले भने, ‘सरकारमा निरन्तरता पाए अहिलेको बजेट भन्दा बढि, बजेटको अनुभव गर्ने गरी बजेट आउने कुरामा विश्वास दिलाउन चाहन्छुँ ।’

Himal dental
सम्बन्धित
Loading...