ghar sansar

गृह जिल्ला पुगेका मन्त्री भण्डारीले भने– राष्ट्रपतिमा मात्रै राष्ट्रिय सहमतिको कुरा गर्न ठिक छैन

little buddha academy
khasi

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रपतिमा मात्रै राष्ट्रिय सहमतिको कुरा गर्न ठिक नभएको बताएका छन् ।

dirghayi clinic

गृह जिल्ला बैतडीमा रहेका मन्त्री भण्डारीले आइतबार प्रेस चौतारी नेपाल बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा सत्ताका लागि राष्ट्रिय सहमतिको कुरा गर्न उचित नहुने उल्लेख गरे ।

,orning glory badhai

‘राष्ट्रपतिमा मात्रै राष्ट्रिय सहमतिको कुरा गर्नु ठिक छैन, काँंग्रेसले अहिले प्रतिपक्षमै बस्नु ठिक छ’ उनले भने, ‘राष्ट्रिय सहमतिका लागि अरु बिषयमा छलफल गर्नु पर्ने पर्छ, सत्ताका लागि राष्ट्रिय सहमतिको कुरा उठ्नु ठीक छैन ।’

सम्मेलनमा उनले सरकारले औद्योगिक क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको बताए उल्लेख गर्दै कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको र दोधरा–चाँदनी सुख्खा बन्दरगाहलाई अघि बढाउने दिशामा लागेको बताए ।
बैतडीका खानी उत्खननका लागि सरकार लागि पर्ने मन्त्री भण्डारीको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...