ghar sansar

दैजी छेला औद्योगिक क्षेत्रमा फेरि अल्झन आउन सक्ने बेदकोटका मेयर बोहराको चिन्ता, मन्त्री भण्डारी भन्छन् – अब केही हुँदैन, केही क्षेत्र हरित उद्योगका लागि छुट्याउँछौ

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले दैजी छेला औद्योगिक क्षेत्रमा अझै प्राविधिक अल्झन आउन सक्ने भएकाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष चिन्ता जाहेर गरेका छन् ।

बेदकोट नगरपालिका २ जडेपानीमा दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा मेयर बोहराले वातावरणीय प्रभाव मूल्याङ्कन(इआए) प्रतिवेदनमा उल्लेख गरिएका भन्दा बढी देखिएका रुख विरुवाले प्राविधिक अल्झन आउन सक्ने चिन्ता व्यक्त गरेका हुन् ।

,orning glory badhai

‘अहिले रुख छपान कार्य जारी छ, ४३ हजार रुख छपान गरि सकेको छ, अब एक हजार जति रुख बाँकी छन् होला’ कार्यक्रममा मेयर बोहराले भने,‘केही प्राविधिक जटिलता आउन सक्छ, त्यसलाई कसरी हल गर्न सकिन्छ भन्ने कुरामा मन्त्रीज्यू ध्यानाकर्षण गराउन चाहन्छु ।’

मेयर बोहराका अनुसार पाँच वर्ष अघि इआए प्रतिवेदन तयार गर्दा दैजी छेला औद्योगिक क्षेत्रमा काटनु पर्ने रुखको संख्या बढेको पाईएको छ । ती रुख कटानका लागि फेरि पुरक इआए गर्दा समय लाग्ने भएपछि औद्योगिक क्षेत्र सञ्चालन कार्य पछाडि फर्किन सक्नेछ ।

वन प्राविधिकले पाँच वर्षमा पोल अर्थात साना रुख बढेर ठूलो बनेपछि तिनलाई पनि इआए गरी कटान गर्नु पर्ने जानकारी गराएकाले प्राविधिक समस्या आउन सक्ने मेयर बोहरको तर्क छ । उनले मन्त्री भण्डारी र औद्योगिक व्यवस्थापन लि.का महाप्रबन्धकलाई समेत समस्या समाधानका लागि आग्रह गरेका छन् ।

dirghayi clinic

दैजी छेला औद्योगिक क्षेत्रको इआर प्रतिवेदन बनाउँदा ३० हजार रुख कटान गर्नु पर्ने उल्लेद गरिएको छ । अहिले त्यस क्षेत्रमा ४० हजार भन्दा बढी रुखमा छपान गरिएको छ ।

‘वन ऐन नियम अनुसार अघि हिँड्ने हो भने त औद्योगिक क्षेत्र सञ्चालन गर्न नै समस्या छ, त्यस कारण यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर आग्रह गरे’ मेयर बोहराले भने ।

मेयर बोहराले थपिएका रुखले प्राविधिक अल्झन आउने चिन्ता जाहेर गरेपछि मन्त्री भण्डारीले ती रुखका कारण केही समस्या नहुने धारणा राखेका छन् ।

‘यो क्षेत्रमा अब कुनै अल्झन हुँदैन, केही रुख ठूलो भएका हुन सक्छन्, त्यसका लागि औद्योगिक क्षेत्रको केही स्थानमा हरित उद्योगका लागि राख्न भनेका छौ, त्यस कारण योले कुनै समस्या हुँदैन ।’

कार्यक्रममा मेयर बोहराले मन्त्री भण्डारीले एक सातामा दुई पटक छेला औद्योगिक क्षेत्रमा आएर सम्पर्क गरी कार्यालय स्थापना गरी सञ्चालनका लागि सक्रियता देखाएको अनुभूति भएको उल्लेख गरे ।

दैजी छेला औद्योगिक क्षेत्रबाट प्राथमिक रोजगारी स्थानीयले नै पाउने भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमलाई सुदूरपश्चिम नभनी विकासका अथाह सम्भावना बोकेको क्षेत्रका रुपम प्रचार गरिनु पर्नेमा जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...