ghar sansar

मन्त्री भण्डारीलाई खुला मञ्चमा यस कारण नदिएको रहेछ बोल्न

काँग्रेस साँसद रमेश लेखकलाई खुसी पार्ने वा अध्यक्ष जोशीलाई विवादमा ल्याउने नियत

little buddha academy
khasi

महेन्द्रनगर । ‘कति दिन मन्त्री हुन्छु, त्यति दिन औद्योगिक क्षेत्र अघि बढाउन भूमिका खेल्नेछु । मञ्चमा हुने कार्यक्रममा पनि बोल्न दिन्न तर पनि म आफ्नो तर्फबाट लागि रहनेछु । उद्यमी व्यवसायी मेरो साथी वहाँ यहीं हुनु हुन्छ, वहाँको कार्यक्रममा बोल्न दिएन, त्यो वहाँलाई पनि केही बाध्यता थियो होला, मञ्चमा बोल्न दिएन भनेर रोइलो पनि गर्र्दैन ।’

बेदकोट नगरपालिका २ जडेपानीमा सोमबार दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन समारोहमा मन्तव्य राख्न नदिएको सार्वजनिक रुपमा असन्तुष्टि पोखेर दुखेसो पोखेका हुन् ।

,orning glory badhai

प्रधानमन्त्री पुष्पकमल दाहालसंगै उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीलाई मन्तव्य राख्न नदिएपछि कञ्चनपुर उद्योग बाणिज्य संघले सार्वजनिक रुपमा विज्ञप्ति सार्वजनिक गरी माफी मागेको थियो ।

खुला मञ्चमा महोत्सव उद्घाटन गरिएको ८ दिनपछि मन्त्री भण्डारी र कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एकै मञ्चमा सहभागी भएका छन् ।

मन्त्री भण्डारीले आफूसंगै मञ्चमा भएका अध्यक्ष जोशीसित व्यक्तिगत सम्बन्ध राम्रो भएको उल्लेख गर्दै जोशीको केही बाध्यता हुन सक्ने उल्लेख गरे । उनले आफूलाई बोल्न नदिने जोशीको बाध्यताबारे भने केही खुलाएनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्तव्य राखेर कार्यक्रम समापन हुन थालेपछि मन्त्री भण्डारीले मञ्चमा अध्यक्ष जोशीसित कुरा गरी मायाको चिनो र खादा मञ्चमा छाडेका थिए । त्यसपछि मन्त्री भण्डारीलाई मन्तव्य राख्न नदिए सार्वजनिक बेइज्जत गरिएको भन्दै संघको चर्को आलोचना भएको थियो ।

मन्त्री भण्डारीको पार्टी एमालेको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले मन्त्री भण्डारीलाई राजनीतिक रुपमा बेइज्जत गरिएको आरोप लगाउँदै विज्ञप्ति निकालेको थियो ।

‘मेलाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघले माननीय मन्त्री दामोदर भण्डारीज्यूलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरी कार्यक्रमका लागि तयारी गरिएको तालिकाअनुसार नगई सम्बोधनका लागि समय उपलब्ध नगराउनु कुनै त्रुटि नभई राजनीतिक पूर्वाग्रह हो भन्ने ठहर गर्दै उक्त कार्यको घोर भत्र्सनाका साथै कडा आलोचना जाहेर गर्दछौं,’ महासंघका फाँटा इन्चार्ज विष्णु कँडेलले सार्वजनिक विज्ञप्तिमा भनिएको थियो ।

मन्त्री भण्डारीले सोमबार आफूलाई बोल्न नदिनुमा अध्यक्ष जोशीका केही बाध्यता हुन सक्ने बताएपछि फेरि महोत्सव उद्घाटनले चर्चा पाएको छ । संघका अध्यक्ष जोशीलाई विवादित बनाउने नियत वा राजनीतिक पूर्वाग्रहका रुपमा मन्त्री भण्डारीलाई मन्तव्य राख्न नदिएको चर्चाले व्यापकता पाएको छ ।

dirghayi clinic

बाणिज्य संघमा फराकिलो मत अन्तरले निर्वाचित भएका जोशी गत मंसिरको निर्वाचनमा स्वतन्त्र प्रदेश साँसदमा चुनाव लडेका थिए । उनी चुनाव लडेपछि संघका अन्य पदाधिकारी र सदस्य उनीसित असन्तुष्ट थिए । राजनीतिक रुपमा काँग्रेस सम्बद्ध उनी स्वतन्त्र चुनाव लडेपछि उनलाई कारवाही गरिएको थियो ।

बाणिज्य संघका पदाधिकारी र सदस्य अधिकाँश काँग्रेसका नेता कार्यकर्ता छन् । संघमा जोशीसित असन्तुष्टल जोशीलाई विवादमा ल्याएर काँग्रेस साँसद रमेश लेखकलाई खुसी पार्ने नियत राखेको हुन सक्ने आशंका छ । गत मंसिरमा भएको चुनावमा जोशी लेखकको साथ छाड्दै स्वतन्त्र भएर चुनाव लडेका थिए ।

प्रधानमन्त्री दाहाल प्रमुख अतिथि भएको कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद रमेश लेखक र एमाले साँसद तारालामा तामाङ्गलाई मन्तव्य राख्न दिइएको थियो । काँग्रेस नेता लेखकले मन्तव्य राखेपछि मन्त्री भण्डारीलाई बोल्न नदिएर सिधै प्रधानमन्त्रीलाई मन्तव्यका लागि मञ्चमा बोलाइएको थियो ।

कार्यक्रममा मन्त्री भण्डारीसंगै एमालेका अर्का नेता स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी पनि विशिष्ठि अतिथि थिए । एमालेका दुबै मन्त्रीलाई उद्घाटन कार्यक्रममा बाइपास गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बोल्न अघिसम्म मन्त्री भण्डारीको नाम वक्ता रुपमा थियो ।

बाणिज्य संघका केही पदाधिकारी र उद्यमी व्यवसायीको डिजाइनमा मन्त्री भण्डारीलाई मन्तव्य राख्न रोकिएको एमाले नेताहरुको आशंका छ । उनीहरुले जोशीलाई विवादमा ल्याएर लेखकलाई खुसी पार्ने योजना अनुसार भण्डारीलाई मन्तव्य राख्न नदिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

‘रमेश लेखकलाई चुनाव जिताउन रात दिन खटिएका काँग्रेसका नेता कार्यकर्ता बाणिज्य संघमा छन्, वहाँलाई हराउन जोशीजी स्वतन्त्र उम्मेदवार भएर लड्नु भएको थियो, अहिले बाहिर जे भनिए पनि भित्री रुपमा हामी लेखकजीका लागि हामी यतिसम्म गर्छौ भनेर देखाउनु नै मन्त्रीज्यूको नामै काटिएको हो’ एमालेका एक नेताले भने,‘पिताम्बरको रिस साँध्न पूरै संघलाई नै काँग्रेसको भातृ संगठन जस्तो सोच्दा समस्या आयो ।’

कार्यक्रममा काँग्रेस साँसद रमेश लेखकले मेला उद्घाटनका लागि प्रधानमन्त्री दाहाललाई ल्याउन आफूले प्रयत्न गरेको बताएका थिए । त्यही आधारमा पनि एमाले नेताहरुले रमेश लेखकलाई मात्रै संघले नेता मान्ने सन्देश दिन मन्त्री भण्डारीको मन्तव्य रोकिएको बताउँछन् ।

मन्त्री भण्डारीले सोमबार जडेपानीमा अध्यक्ष जोशीको त्यहीं बाध्यताका कारण पनि आफूलाई मञ्च बोल्न नदिएकोप्रति संकेत गरेका छन् । अध्यक्ष जोशीको त्यहीं बाध्यताका कारण आफूले बोल्न नपाए पनि गुनासो नभएको उनको भनाई थियो ।

बाणिज्य संघले विज्ञप्ति सार्वजनिक गर्न अघि संघबाटै मन्त्री भण्डारीलाई मन्तव्य राख्न नदिएकोमा विभिन्न धारणा बाहिर आएका थिए ।

उद्घाटन कार्यक्रमका लागि तयारी गरिएको वक्ताको सूची टाइप गर्ने बेला नै मन्त्री भण्डारीको नाम छुटेको, र मञ्चमा कार्यक्रम सुरु भएपछि प्रधानमन्त्रीका सुरक्षा अधिकारीले नाम काट्न लगाएको बाहिर आएको थियो । त्यसपछि संघले विज्ञप्ति प्रकाशित गरी मन्त्री भण्डारीलाई मन्तव्यका लागि समय व्यवस्थापन गर्न नसकिएकोमा दुःख व्यक्त गर्र्दै क्षमा याचना गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...