ghar sansar

चुनावमा अनपेक्षित नजिता आएपछि एमालेलाई आएपछि खड्कियो संगठनको शक्ति, मिसन ग्रास रुट अभियान लिएर जान थाल्यो वस्ती

dirghayu ad

महेन्द्रनगर । स्थानीय र आम निर्वाचन दुबैमा अनपेक्षित नतिजा आएपछि सत्तारुढ एमाले संगठन सुदृढीकरण र विस्तार अभियान लिएर समुदाय स्तरमा पुगेको छ । एमालेले पार्टी र जनताबीच बलियो सम्बन्ध बनाउन मिसन ग्रास रुट अभियान सञ्चालन गरी संगठन सुदृढीकरणमा लागेको हो ।

कञ्चनपुरमा अभियायन सञ्चालनका लागि पोलिटब्युरो सदस्य नारदमुनिको राना सहित लिला भण्डारी, झपट रावल, सहदेब बोगटी, पवित्रा तिमल्सिना लगायतका नेताले जिम्मेवारी पाएका छन् । उनीहरुसंगै एमालेको पार्टी संगठनका सबै कमिटीका नेता अभियान परिचालन गरिएका छन् ।

ratnam malkhad

एमाले पोलिटब्यरो सदस्य रानाले जनतासँग जोड्दै पार्टी संगठन सुदृढ बनाउनुका साथै विस्तारका लागि अभियान सुरु गरिएको बताए ।

‘बैशाख ३० र मंसिर ४ गते हाम्रो पक्षमा आएको नतिजाले केही कमजोरी भएको महसुस गरेका छौ, त्यस कारण जनतासित बलियो सम्बन्ध बनाउने, पार्टीका संगठन गठन पुनःगठन गर्ने, सरकारमा हुँदा गरेका कामको जानकारी दिने लगायतका कुरा लिएर मिसन ग्रास रुट सञ्चालन गरिएको छ’ शुक्रबार एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले भने,‘यो मिसन सैद्धान्तिक र वैचारिक रुपमा सञ्चालन हुन्छ, संगठन विस्तार र सुदृढीकरण गर्ने मुख्य लक्ष्य लिइएको छ ।’

ग्रास रुट अभियानका लापग कञ्चनपुरमा ३ सय ८३ प्रतिनिधि परिचालन भएका छन् । त्यसमा केन्द्रीय कमिटीका ५, प्रदेश कमिटीका ७० र जिल्ला कमिटीका ३ सय २ जना प्रतिनिधि छन् ।

पागुन ५ गतेदेखि सुरु भएको यो अभियान दुई महिना अर्थात बैशाख ९ गतेसम्म चल्ने छ। अध्यक्ष केपी शर्मा ओलीले देशव्यापी अभियानको उद्घाटन गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा पोलिटब्यूरो सदस्य नारदमुनि राना र केन्द्रीय प्रतिनिधि पवित्रा तिमिल्सिना खटिएका छन् ।

शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकामा केन्द्रले पोलिटब्यूरो सदस्य
लीला भण्डारीलाई खटाएको छ।

पुनर्वास, बेलौरी र बेलाडाँडीमा केन्द्रीय सदस्यद्धय झपड रावल र सहदेव बोगटी खटिएका छन् । अभियान अन्तर्गत बैठक, भेला तथा प्रशिक्षण कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...