ghar sansar

चर्को बैंक ब्याज विरुद्ध सोमबारदेखि दैनिक एक घण्टा बजार बन्द

little buddha academy
khasi

महेन्द्रनगर । बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीले दैनिक बजार बन्द गर्ने घोषणा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो। १५ गते अर्थात भोलीबाट हरेक दिन एक घण्टा बजार बन्द गर्नुका साथै विरोध र्याली निकाल्ने तालिका समेत बनाइएको छ ।

,orning glory badhai
dirghayi clinic

कहिले नेपाल राष्ट्र बैंक धनगढी, कहिले जिल्ला प्रशासन कार्यालय कैलाली तथा चोकहरुमा समेत विरोध प्रदर्शन गरिने कैलाली उद्योग वाणिज्य संघले बताएको छ । उद्योगी व्यवसायीहरुले अघि सारेका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय हुने समेत निजी क्षेत्रको चेतावनी छ ।

सुदूरपश्चिमको निजी क्षेत्रले फागुन १८ गते ‘नो डिपोजिट’ अर्थात कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने निर्णय समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, आफुअनुकुल ब्याज वृद्धि लगायतको विरोध गर्दै प्रदेशभरी नै यसको विरुद्ध स्वरुप २० गतेसम्मका लागि विभिन्न पाँच बुंदे कार्यतालिका नै बनाएर यहाँको निजी क्षेत्रले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...