चर्को ब्याज विरुद्ध बैंकमा डिपोजिट बन्द

महेन्द्रनगर । बैंक तथा वित्तिय संस्थाको चर्को ब्याज विरुद्ध आन्दोलित उद्यमी व्यवसायीले आज बैंकमा नगद जम्मा(डिपोजिट) रोकि दिएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको अगुवाईमा उनीहरु केही दिनदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

हरेक दिन विहानदेखि ११ बजेसम्म व्यवसाय बन्द गरी उद्यमी व्यवसायी आन्दोलमा छन् । उनीहरुको चरणबद्ध कार्यक्रम अनुससार बैंकमा डिपोजिट रोकिएको छ ।

janjyoti campus

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले चरणबद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत डिपोडिट रोकिएको बताए । ‘अब यो भन्दा अझै कडा आन्दोलन हुन्छ’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...