ghar sansar

गड्डाचौकी नाकाबाट पनि निर्यात भन्दा आयात एकदमै उच्च, सात महिनामा ३ करोडको समान निर्यात हुँदा ८० करोडको आयात

dirghayu ad

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट सात महिनामा अत्यन्त न्यून मात्रामा समान निर्यात भएको छ । भारतबाट आयात भएको समानको तुलनामा अत्यन्तै न्यून रकमको समान निर्यात भएको छ ।

गड्डौचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ३ करोडको समान निर्यात भएको छ । यस अवधिमा भन्सार नाकाबाट ८० करोडको समान आयात भएको छ ।

ratnam malkhad

भन्सार कार्यालयका प्रमुख धुव्र बहादुर विश्वकर्माले गड्डाचौकी नाकाबाट विगतका वर्षझै यस वर्षको सात महिनामा पनि निर्यातको तुलनामा आयात उच्च भएको बताए । ‘बर्सेनी निर्यात भन्दा आयात नै बढी हुन्छ, यस वर्षको सात महिनामा पनि त्यसै देखिएको छ’ उनले भने ।

चालु आर्थिक वर्षमा गड्डाचौकी नाकाबाट ह्यान्डिक्राप्टका समान मात्रै निर्यात भएका छन् । यस बाहेक अन्य समान निर्यात भएका छैनन् । गत वर्षसम्म गड्डाचौकी नाकाबाट निर्यात हुने जडीबुटी केही समयदेखि रोकिएको छ । अहिले नेपालगञ्जको रुपैडिया नाकाबाट जडीबुटी निर्यात हुने गरेको छ ।

भन्सार कार्यालयका प्रमुख विश्वकर्माले भारतबाट भने दैनिक उपभोग्य सहित सबै समान आयात हुने गरिएको बताए । ‘कानुनी रुपमा ल्याउन सकिने जति सबै समान आयात हुन्छन्, निर्यात गर्ने वस्तु थोरै छैन’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...