ghar sansar

क्याम्पस प्रशासनले स्ववियु चुनावमा सक्रियता नदेखाएको भन्दै विद्यार्थी संगठन असन्तुष्ट

little buddha academy
khasi

महेन्द्रनगर । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) को निर्वाचनमा होमिएका विद्यार्थी संगठनले चुनाव हुने क्याम्पस प्रशासन सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

स्ववियू निर्वाचनका लागि संगठन दर्तापछि सोमबार बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले क्याम्पस प्रशासनले तदारुकता नदेखाएकोमा असन्तुष्टि व्यक्त गरेको छ । विद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई स्वतन्त्र, निष्पक्ष र धाँधली रहित चुनाव गराई दिन आग्रह गरेका छन् ।

,orning glory badhai

‘स्वयिवु चुनाव हुने क्याम्पस प्रशासनले तदारुकता नदेखाएकोप्रति सम्पूर्ण संगठनको ध्यानाकर्षण भएको छ’ बैठकपछि सार्वजनिक निर्णयमा भनिएको छ, ‘विलम्ब नगरी स्ववियु निर्वाचन तालिका पालना गरी स्वच्छ, निष्पक्ष, धाँधली रहित चुनाव सम्पन्न गराई दिन क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।’

dirghayi clinic

विद्यार्थी संगठनले चुनावलाई सभ्य, शान्तिपूर्ण र मर्यादित बनाउने प्रतिवद्धता गरेका छन् ।

नेपाल विद्यार्थी संघका जिल्ला संयोजक रमेश चटौत, अनेरास्ववियुका कमल रोकाया, अनेरास्ववियु (क्रान्तिकारी) का भुवन विष्ट, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मनिस पाल र समाजवादीका अखिलका प्रज्वल कुँबर लगायतका नेता बैठकमा सहभागी भएका छन् ।

त्रिभुवन विश्वविद्यालय र संस्कृति विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा चैत ५ र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन घोषणा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...