ghar sansar

नेवि संघ कञ्चनपुरका संयोजक चटौत नेतृत्वमा गठन गरिएका सबै समिति अवैधानिक भएको कार्य वाहक अध्यक्ष पाण्डेयको घोषणा

महेन्द्रनगर । नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ कञ्चनपुरका कार्य वाहक अध्यक्ष कृष्ण पाण्डेयले संघका जिल्ला संयोजक रमेश चटौत नेतृत्वमा क्याम्पसहरुमा गठित सबै इकाई समिधि अवैध भएको घोषणा गरेका छन् ।

संघका कार्य वाहक अध्यक्ष पाण्डेयले विज्ञप्ति प्रकाशित गरी जिल्ला संयोजक चटौत नै अवैधानिक भएकाले उनले गठन गरेका सबै इकाई समिति अवैधानिक भएको घोषणा गरेका हुन् ।

नेविसंघको केन्द्रीय समितिले गत महिना चटौतलाई जिल्ला संयोजक बनाएपछि पाण्डेयको नेतृत्वमा चटौत विरुद्ध काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो । पार्टी कार्यालयमा गरिएको तालाबन्दी अझै खुलेको छैन ।

जिल्ला संयोजक चटौत नेतृत्वको संघले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि क्याम्पसहरुमा संगठन दर्ता गराएपछि पाण्डेयले विज्ञप्ति सार्वजनिक चतौट नेतृत्वमा गरिएका सबै समिति अवैधानिक भएको घोषणा गरेका हुन् ।

काँग्रेस संस्थापन नजिक मानिने चटौत कञ्चनपुरमा एनपी साउँद समूहका हुन् । कञ्चनपुरमा काँग्रेस संस्थापनभित्र पार्टीका सबै समितिमा साउँद र रमेश लेखकका दुई समूह छन् ।

Himal dental
सम्बन्धित
Loading...