ghar sansar

दोधारा चाँदनीमा हिंसा पीडित महिला र बालबालिकाका लागि आश्रय स्थल सञ्चालन, मेयर लिम्बुले गरे उद्घाटन

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकामा घरेलु हिंसा पीडित महिला तथा बालबालिकाका लागि अल्पकालिन आश्रय स्थल र नगर सेवा केन्द्र सञ्चालन गरिएको छ । दोधारा चाँदनी नगरपालिका– २ मा सञ्चालन गरिएको केन्द्रको शनिबार नगर प्रमुख किशोर कुमार लिम्बुले उद्घाटन गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय, संघीय सरकार र प्रदेश सरकारको झण्डै ४७ लाख लगनीमा खर्च गरिएको छ । दुई तले भवनमा एक सभा हल, ५ कोठा लगाएत शौचालय र भान्सा कोठा छन् ।

,orning glory badhai

माथिल्लो तलाको निमार्ण कार्य जारी रहेको बताईएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयले उक्त सेवा केन्द्रलाई स्थानिय दोधारा चाँदनी दिदी बहिनी संस्थालाई हस्तान्तरण गरेको छ ।

dirghayi clinic

कार्यक्रममा नगर प्रमुख लिम्बुले हिंसा पीडित महिलाका नगर क्षेत्रको पहिलो आश्रय स्थल तथा सेवा केन्द्र रहेको उल्लेख गर्दै कोही पनि घरेलु हिंसामा पिडित हुन नपरोस भन्ने चाहना राखेर विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको बताए ।

नगर प्रमुख लिम्बुले नगरपालिकामा महिला तथा बालबालिका माथी हुने बिभिन्न खाले हिंसा रोक्न सबै लाग्नु पर्ने बताए । कार्यक्रममा दोधारा चाँदनी दिदी बहिनी संस्थाका अध्यक्ष सिता भण्डारीले आफुहरु महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न आफ्नो संस्था सदैव कटिबद्ध रहँदै आउने बताइन् ।

उनले घरेलु हिंसा पिडित महिला तथा बालबालिकाका लागि अल्पकालिन आश्रय स्थल र नगर सेवा केन्द्र सञ्चालनमा आगामी दिनमा सबैको सहयोग र सहकार्य हुनु आवश्यक रहेको बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...