
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित होली फेमली एकेडेमीको खेल मैदानमा यु १६ जिल्ला स्तरीय क्रिकेट छनौट प्रतियोगिता सञ्चालन हुने लागेको छ । क्रिकेट संघ कञ्चनपुरले होली फेमली क्रिकेट एकेडेमीको सहयोगमा फागुन २८ देखि चैत ४ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।
विभिन्न विद्यालयमा ८ टीम सहभागी हुने प्रतियोगिताको आइतबार उद्घाटन गर्ने कार्य तय गरिएको छ । प्रतियोगिताको प्रायोजन होली फेमली एकेडेमील गरेको छ ।

क्रिकेट संघले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण खर्च होली फेमली एकेडेमीले व्यहोर्ने जानकारी दिएको छ । प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनौट गरिने क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द बहादुर चन्दले बताए ।
गाउँ वस्तीका खेलाडीको प्रतिभा उजागार गर्न र वस्ती स्तरमा क्रिकेटको विकास र विस्तारका लागि छनौट प्रतियोगिता होली फेमली एकेडेमीको सहकार्यमा गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा होली फेमली एकेडेमीका संस्थापक भुपाल सिह विष्टले विद्यालयल स्थापनाकालदेखि खेलकूदको विकासका लागि कार्य गर्दै आएकाले यस वर्ष प्रतियोगिता सञ्चालनका लागि सहकार्य गरिएको बताए ।
