महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित होली फेमली एकेडीको खेल मैदानमा सुरु होली फेमली क्रिकेट कप २०७९ यु १६ पुरुष जिल्ला स्तरीय क्रिकेट छनौट प्रतियोगितामा तीन क्रिकेटर सम्मानित भएका छन् ।
युएईमा सम्पन्न आईसीसी यु–१९ एशिया कप खेलेका हेमन्त धामी, आकाश चन्ज्द र मिलन बोहरालाई सम्मान गरिएको छ । उनीहरुले प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।
कञ्चनपुर क्रिकेट संघले होली फेमली एकेडेमीको प्रायोजानमा प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ८ टीम सहभागी भएका छन् ।
कार्यक्रममा मेयर बोगटीले खेलाडीलाई भीमदत्त नगरपालिकाले छिट्टै सम्मान गर्ने प्रतिवद्धता गरेका छन् । सम्मानित तीन जनामध्ये बोहरा भीनपा ७, धामी र चन्द भीनपा ६ का हुन् ।