ghar sansar

कञ्चनपुर क्रिकेट संघ र होली फेमली क्रिकेट एकेडेमीबीच यु १६ प्रतियोगिताका तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्ला क्रिकेट संघ र होली फेमली क्रिकेट एकेडेमीबीच यु १६ क्रिकेट प्रतियोगिता सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । होली हेमली क्रिकेट एकेडेमीको खेल मैदानमा आइतबारदेखि सुरु यु १६ पुरुष छनौट प्रतियोगिताको अघिल्लो दिन ती संघ र एकेडेमीबीच तीन वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

पत्रकार सम्मेलनमा संघ र एकेडेमीले समझदारी पत्र आदानदान गरी सार्वजनिक गरेका हुन् । समझदारी अनुसार पहिलो वर्षको प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

,orning glory badhai

होली फेमली क्रिकेट एकेडमीका अध्यक्ष भुपाल सिह विष्ट र क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान गरेका छन् ।

‘क्रिकेट खेलको विकास र विस्तारका लागि होली फेलमी क्रिकेट एकेडेमीसित सम्झौता भएको छ, यसका लागि एकेडेमीलाई विशेष धन्यवाद दिन चाहन्छौ’ क्रिकेट संघका अध्यक्ष चन्दले भने,‘यो सम्झौता अवधि बढाउने नबढाउने पनि हामी दुबै पक्ष बसेर निर्णय लिन्छौ ।’

सम्झौता अनुसार होली फेमली क्रिकेट एकेडेमीले प्रतियोगिताको सम्पूर्ण खर्च व्यहोर्ने छ । त्यसका लागि एकेडेमी मुख्य प्रायोजक हुने समझदारीमा उल्लेख गरिएको छ ।

यस वर्ष प्रतियोगितामा मात्रै तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ । ‘यस वर्ष पहिलो पटक प्रतियोगिता गरिएको छ, सबै खर्च तीन लाखसम्म लाग्ने छ’ संघका अध्यक्ष चन्दले भने ।

dirghayi clinic

गाउँ घरमा क्रिकेट खेलको विकासका लागि संघले होली फेमली क्रिकेट एकेडमीसित सहकार्य गरी अघि बढेको अध्यक्ष चन्दले बताए । ‘गाउँ घरमा क्रिकेटको विकास होस, नयाँ खेलाडीलाई प्रेरणा होस भनेर नै एकेडेमीसित सहकार्य गरी प्रतियोगिता गरिएको छ’ उनले भने ।

होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष विष्टले विद्यालयले स्थापनादेखि खेलकूदलाई प्राथमिकता दिँदै आएकाले यस वर्षदेखि क्रिकेट प्रतियोगिताका लागि क्रिकेट संघसित सहकार्य गरिएको बताए । ‘विद्यालय स्थापनादेखि स्पोर्टस एकेडेमी खोलेर विभिन्न प्रतियोगिता गर्दै आएका छौ’ उनले भने,‘क्रिकेटका लागि संघसित सम्झौता गरेका छौ, यसबाट क्रिकेटको विकासमा सहयोग पुगोस भन्ने चाहना हो ।’

विद्यालयमा क्रिकेट खेलका लागि होली फेमली क्रिकेट एकेडेमी स्थापना गरिएको छ । अध्यक्ष विष्टले एकेडेमीमा प्रशिक्षक नियुक्त गरिएको जानकारी दिए ।

क्रिकेट एकेडेमी बाहेक उनले जिम हाउस सञ्चालनदेखि उनले भलिबल, फुटबल लगायतका खेलकूदका प्रतियोगिता गर्दै आएका छन् ।

प्रहरीको जागिर छाडेर शिक्षण व्यवसायमा लागेका उनले होली फेमली स्कुल स्थापना गरेका थिए । विद्यालय स्थापना गरिएपछि क्रिकेट एकेडेमी स्थापना गरी प्रतियोगिता सञ्चालन गरिएको उनले बताए । २०५७ मा विद्यालय स्थापना गरिएको हो । ‘२०६० देखि स्पोर्टसका गतिविधि गर्दै आएका छौ, यसलाई अझै निरन्तरता दिँदै जानेछौ’ उनले भने ।

एकेडेमी खोलिएपछि राष्ट्रिय स्तरका खेलाडीसम्म उत्पादन भएका छन् । एकेडेमीबाट विद्यालयका छात्रा सुधा धामी र किरण कुँबर राष्ट्रिय टीमसम्म पुगेका छन् ।

यु १६ प्रतियोगिता सकिएपछि विद्यालयले स्पोर्टस क्याम्पियन सञ्चालन गर्ने चेयरमेन विष्टले बताए ।

कञ्चनपुर क्रिकेट संघका उपाध्यक्ष लक्ष्मण भट्टले संघले अन्य विद्यालयसित पनि क्रिकेटको विकास र विस्तारका लागि सहकार्य गरिने बताए ।

Himal dental
सम्बन्धित
Loading...