ghar sansar

विद्यालय कर्मचारीले बढेको तलब निकासाको माग राख्दै भीमदत्तमा बुझाए ज्ञापन

शिक्षक संघको नगर समितिका अध्यक्ष जोशीले जनाए ऐक्यवद्धता

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल विद्यालय कर्मचारी परिषद् भीमदत्त नगर कार्य समितिले अघिल्लो आर्थिक वर्षमा थपिएको तलब सुविधा सहितको माग राखेर भीमदत्त नगरपालिकालाई ज्ञापन बुझाएको छ ।

परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्टको नेतृत्वमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई ज्ञापन बुझाएको छ ।

,orning glory badhai

परिषद्ले दुई वर्ष अघि बढेको थप ७ हजार तलब पाउनु निकासा गरिनु पर्ने र ६० वर्ष उमेर पुगेका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सेवाबाट वञ्चित गर्न नहुने माग राखेको छ ।

सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा विद्यालय कर्मचारीको तलब ७ हजार बढाएर १५ हजार बनाएको थियो । स्थानीय तहलाई वृद्धि गरिएको तलब व्यवस्थापनको जिम्मा दिइएको थियो ।

dirghayi clinic

परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष भट्टले परिषद्को केन्द्रीय कार्यक्रम अनुसार दबावका लागि ज्ञापन पत्र बुझाइएको बताए ।

‘विद्यालय कर्मचारीको सेवा सुविधा निजामती सरह हुनु पर्ने माग गर्दै सरकारलाई दबाव दिँदै आएका छौ, सरकारसित वार्ता भएर पनि भएका छन्, त्यसपछि मागहरु पूरा गर्न वार्ता टोली बनाएर पूरा गर्ने आश्वासन दिइयो’ उनले भने,‘अहिले त्यो फाइल अर्थ मन्त्रालयमा गएर थन्किएको छ, त्यस कारण फेरि चरणबद्ध आन्दोलनमा उत्रिएका हौ, आज ज्ञापन पत्र बुझाएर सुरु भएको छ, यसपछि मन्त्रालयमा माग बुझाएर सरकारलाई दबाव दिने छौ ।’

सरकार र विद्यालय कर्मचारी परिषद्बीच गत भदौमा वार्ता भएर परिषद्का जायज माग पूरा गर्न अर्थमन्त्रालयमा फाइल पुगाइएको थियो । अर्थ बजेट अभाव देखाउँदै फाइल अनुसार कारवाही अघि नबढाएपछि परिषद्को फागुन पहिलो साता भएको राष्ट्रिय सम्मेलनबाट सरकारलाई दबाव दिने चरणबद्ध आन्दोलन जाने निर्णय गरिएको थियो ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत गौलीले परिषद्का मागलाई कार्यपालिकासम्म राखेर समाधानका लागि पहल गरिने बताए ।

परिषद्को आन्दोलनमा नेपाल शिक्षक संघ भीमदत्त नगर समितिले ऐक्यवद्धता जनाएको छ । संघका नगर अध्यक्ष धर्मानन्द जोशी ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी भएका छन् । परिषद्का जिल्ला कोषाध्यक्ष मेख नाथ सहित कर्मचारी ज्ञापन पत्र बुझाउन नगरपालिका पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...