ghar sansar

वादीलाई बाच्नै मुस्किल, भन्छन्–दुःख पीडा सुनाउँदा पनि आश्वासन बाहेक केही पाएनौ

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका बसोबास गर्दै आएका बादी समुदायले आफूहरुको वेवास्ता भएको गुनासो गरेका छन । वर्षौ देखि पछौटपन र गरिबीमा बाँच्न बाध्य भएको उनीहरुको दुखेसो छ ।

विगतका दिनमा जसोतसो गुजारा चलाउँदै आएका उनीहरु विगत केही महिना खाना र बस्नको समस्या बढेर गएको छ् । नाच्ने, गाउने र मादल बनाउने वर्षौ देखिको पुख्यौली पेशाबाट अब बाँच्न सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ ।

lotus institite

पहिले पहिले बाउ बाजेले मादल बेचेर गित गाउदै अरुलाई मनोरञ्जन दिएर जीवन चलाए पनि अचेल आधुनिक बाजाको विकाससंगै अब बादी समुदाय पुख्र्यौली पेशाले धान्नै नसक्ने स्थितिमा पुगेको छ ।

daimond public

पछिल्लो समय बादी समुदायका युवाहरु रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने गरेका छन् । भारतमा काम नपाए पछि गाँउमै फर्किए पछि बिहान र साँझको छाक टार्नै धौधौ परिरहेको बादी समुदायको अगुवा बिरभाने बादीले बताएका छन् । गाँउघरमा पनि काम नपाइने र जगबुडा नदीमा माछा मारेर खान सक्ने अवस्था छैनन् । माछा पनि पाईदैन् । गाँउमा कतै काम पनि पाईदैन् । केही गर्ने वातावरण पनि छैन् ।

बिरभाने वादीले गुनासो गर्दै भने, ‘अर्को तिर हामीहरु संग पैसा पनि छैन् । त्यसैले सदियौ देखि पिछडिएका बादी समुदायको हितका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याएर सहयोग गर्नु प¥यो ।’ दोधारा चाँदनी– ३ बडुवाल टोलमा ७ घरधुरी बादी परिवार बस्दै आएका छन् ।

लामो समय देखि आफूहरुले समस्या भोगिरहेको भए पनि कसैले पनि सुनुवाई नगरेको अर्का स्थानिय रेशम बादीले बताए । हामीले स्थानिय सरकारलाई बारम्बार आफूहरुका पीडा सुनाउँदा समेत आश्वासन बाहेक अरु केही पाउन सकेनौ ।

हाल देशमा तिन तहका सरकार भएर पनि राज्यको मूलधारबाट टाढा रहेका बडुवाल टोलका बादीहरुले पाउनुपर्ने सेवा, सुविधाबाट बन्चित गरिनु दुभाग्र्यपूर्ण भएको उनले उल्लेख गरे ।

रेशम बादीले आफूहरु संग गरी खाने जग्गा जमिन नहुदा समस्यामा परेको बताएका छन् । उनले सुरक्षित बासस्थान सहितको पुर्नस्थापनाका लागि सरोकारवाला पक्षलाई आग्रह समेत गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...