ghar sansar

होली फेमली कपमा बिहीबार ब्रह्मदेब चिल्ड्रेन एकेडेमी र नागार्जुन बोर्डिङ्ग जित, शुक्रबार सेमिफाइन

महेन्द्रनगर । होली फेमली क्रिकेट एकेडेमीको खेल मैदानमा सञ्चालित होली फेमली कप २०७९ यु १६ पुरुष जिल्ला स्तरीय छनौट प्रतियोगितामा बिहीबार ब्रह्मदेब चिल्ड्रेन एकेडेमी र नागार्जुन इङ्गलिश बोर्डिङ्गले खेल जितेका छन् ।

ब्रह्मदेब चिल्ड्रेन एकेडेमी र आदर्श विद्या मन्दिरबीच भएको पहिलो खेलमा ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले ४३ रनले जितेको छ । खेलमा ब्रह्मेदब चिल्ड्रेन एकेडेमीका प्रेम ठकुराठी मेन अफ दि म्यान भएका छन् । उनले टीमका लागि ५ विकेट र ११ रन बनाएका छन् ।

lotus institite

यसैगरी सन्तोस अभिशेख बुढा ३७ र किसन विष्टले २७ रन बनाएका छन् । जितका लागि सन्तोस विष्टले ३ विकेट लिएका छन् ।

daimond public

दोस्रो खेलमा नागार्जन इङ्गलिश बोर्डिङ्ग स्कुलले लिटिल बुद्ध एकेडेमीलाई २ रनले हराएको छ । नागार्जुका जितमा नागार्जुनका आयुश चन्द ३८ र दिपक महताल २९ रन बनाए । यसैगर लिटिल बुद्धका अभिशेख कामी ४३ र नरेन्द्र ऐरीले २० रन बनाए ।

खेलमा नागार्जुनका शुभम रोयल बम मेन अफ म्याच भएका छन् । कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको छ । होली फेमली क्रिकेट एकेडेमीले प्रायोजना गरेको प्रतियोगितामा ८ विद्यालयले भाग लिएका छन् ।

फागुन २८ गतेदेखि सुरु प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनलमा खेल सञ्चालन हुने भएका होली फेमली क्रिकेट एकेडेमीका सचिव महादेब भट्टले जानकारी दिए ।

शुक्रबार पहिलो सेमिफाइन नागार्जुन र वात्सल्य तथा दोस्रो खेल ब्रह्मदेब चिल्ड्रेन एकेडेमी र ध्रबतारा बोर्डिङ्ग स्कुलबीच हुनेछ ।

शनिबार प्रतियोगिताको फाइनल खेल भएपछि समापन हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...