ghar sansar

भूमि आयोगको सुस्तता विरुद्ध प्रदर्शन, स्थानीय सरकार र आयोगलाई ज्ञापन पत्र बुझाइयो

little buddha academy
khasi

गोमती पाल
महेन्द्रनगर । राष्ट्रिय भूमि आयोगका कामकाज सुस्त भएपछि भूमिहीन परिवारले महेन्द्रनगरमा प्रदर्शन गरी दबाव दिएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाईमा भूमिहीन परिवारले प्रदर्शन गरी आयोग र स्थानीय तहलाई माग पत्र बुझाएका छन् ।

दोधारा चाँदनी र पुनर्वास नगरपालिका बाहेक सबै स्थानीय तहमा भूमिहिन परिवार आयोगलाई दबावका लागि सदरमुकाम आएका छन् । ट्रापिक चोकबाट प्रदर्शन सुरु गरेका उनीहरुले आयोगको कार्यालय आयोग र भीमदत्त नगरपालिकालाई दबाव दिएका छन् ।

,orning glory badhai

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देबेन्द्र ढुङ्गाना र भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीलाई माग पत्र बुझाएका छन् । आयोगको कार्यालय नजिक पिपल चौतारामा कोण सभामा अध्यक्ष ढुङ्गानालाई ज्ञापन पत्र बुझाएका हुन् । अध्यक्ष ढुङ्गा कोण सभामा सहभागी भएका थिए । त्यसपछि उनीहरुले भीमदत्त नगरपालिका पुगेर उप मेयर जोशीलाई ज्ञापन बुझाए ।

राष्ट्रिय भूमि अधिकार मञ्चका सुदूरपश्चिम प्रदेश महासचिव राम बहादुर चुनाराले भूमि आयोगले कामकाजलाई तीव्रता दिएर भूमिहिन परिवारको हातमा छिटो जग्गाधनी पूर्जा पुगाउनका लागि दबाव दिइएको बताए ।

‘लगत संकलन भएपछि अन्य काम जसरी हुनु पथ्र्यो, त्यसरी हुन सकेको छैन, यसले भूमि अधिकारबाट वञ्चितलाई अन्यायमा पार्ने आशंका पनि देखिएको छ’ उनले भने,‘त्यहीं भएर आयोगका कामकाज तीव्र बनाउन खबरदारी अभियान सञ्चालन गरिएको छ, त्यस अन्र्तगत आज प्रदर्शन र ज्ञापन पत्र बुझाइएको छ ।’

महासचिव चुनाराले जग्गाको लगत संकलन गरी प्रमाणीकरण गरी निस्सा दिएर जग्गा नापजाँच हुनु पर्नेमा अझै धेरै स्थानीय तहमा प्रमाणीकरणको काम समेत हुन नसकेको बताए ।

dirghayi clinic

भूमि अधिकार मञ्चका अध्यक्ष कर्ण बहादुर बाँनियाले भूमिहीन जग्गा सहित परिवारको सुरक्षित बसोबासको माग गर्दै आएको उल्लेख गर्दै अहिले आयोगले भूमिहीन परिवारको अपेक्षा अनुसार कामकाजमा गति लिन नसकेको बताए ।

‘पटक पटक आयोग गठन भएन, जति गठन भए पनि हाम्रो माग पूरा भएन’ कोण सभालाई सम्बोधन गर्दै उनले भने,‘एउटा कार्यालयले १० वर्षसम्म बसोबास गरेको जमिनको पूर्जा लिनु भन्छ, अर्कोले भन्छ हाम्रो नियमले यो हुँदैन, अनि सरकारको कार्यालयका यस्तो नीति छ, त्यही कारण यो नीति सच्याएर भूमिहिनलाई सुरक्षित बसोबास सहितको व्यवस्था गर्नु आवश्यक छ ।’

कोण सभामा मञ्चका केन्द्रीय सदस्य नन्दादेवी जोशीले गणतन्त्र शासन व्यवस्था आउँदासम्म पनि भूमिहिनका दिन फेरिन नसकेकोमा आक्रोश पोख्दै कुनै पनि हालतमा जनताको बसोबास हुन पर्ने बताइन् ।

प्रर्दशनमा महिला, वृद्ध वृद्धा, युवा युवती सबै सहभागी भएका छन् । प्रर्दशन सहभागी बेदकोट नगरपालिका १० डगैरा दैजीका तारादत्त पन्तले वर्षौदेखि भोगलचलन गर्दै आएको जग्गाको पूर्जा पाउने आश राखेर प्रदर्शनमा आएको बताए ।
‘पहिलादेखि नै बसि रहेका छौ, पूर्जा पाएको छैन, त्यसका लागि विरोध कार्यक्रममा आएका छौ’ उनले भने ।

कृष्णपुर नगरपालिका ४ बेलकुँण्डीमा प्रदर्शनमा आएका पुस्कर चौधरीले आफ्नो क्षेत्रमा अहिलेसम्म जग्गा नापी नभएको बताए । ‘म सानो छँदादेखि त्यहाँ बसि रहेका छौ, अरु ठाउँमा नापी भएको छ, बेलकुँण्डीमा नापी नै भएको छैन’ उनले भने ।


उनले बेलकुण्डीमा सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी एक सय भन्दा बढी परिवार बसोबास गर्दै आएको बताए ।
कोण सभामा सहभागी भूमि आयोग कञ्चनपुरका अध्यक्ष ढुङ्गानाले आयोगको कार्य विधि अनुसार कामकाज अघि बढेको उल्लेख गर्दै केही स्थानीय तहको व्यवस्थापनका कारण समस्या देखिएको बताए ।

कार्यक्रममा उनी सहित आयोगका सदस्यद्वय राज कुमार चौधरी र पार्वती नेगी कार्की पनि सहभागी भएका छन् । भूमि अधिकार मञ्चले सबै स्थानीय तहमा खबरदारी अभियान सञ्चालन गरिने प्रदेश महासचिव चुनाराले बताए ।

कञ्चनपुरमा भूमिहीन दलित २ हजार २ सय ९८, भूमिहिन सुकुम्बासी २ हजार ७ सय २८, अव्यवस्थित बसोबासी ६३ हजार ९ सय ३७ गरी ६८ हजार ९ सय ६३ र विगतको अधुरो कार्य (सेतो पूर्जा) का ४ हजार ९ सय ६७ परिवारको लगत संकलन गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...