होली फेमली क्रिकेट कपमा ब्रह्मदेब चिल्ड्रेन एकेडेमी र नागार्जुन बोर्डिङ्ग स्कुल फाइनल प्रवेश, शनिबार विहान उपाधीका लागि भिड्ने
महेन्द्रनगर । जिमुवास्थित होली फेमलीको क्रिकेट मैदानमा जारी होली फेमली क्रिकेट कप २०७९ यु १६ जिल्ला स्तरीय पुरुष छनौट प्रतियोगितामा ब्रह्मदेब चिल्ड्रेन एकेडेमी र नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार सेमि फाइनमा ब्रह्मेदब चिल्ड्रेन एकेडेमीले ध्रुबतारा बोर्डिङ्ग स्कुल र नागार्जुनले वात्सल्य विद्या निकेतनलाई पराजित गरी फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार पहिलो सेमिफाइनमा नागार्जुनले वात्सल्यलाई १० विकेटले हराएको हो । टस जितेर ब्याटिङ्ग रोजेको वात्सत्यले निर्धारित ओभरमा ६४ रन बनाएको थियो ।
नागार्जुनले वात्सल्यले दिएको लक्ष्य सहज पूरा गरी १० विकेट जित हात पारेको हो । खेलमा नागार्जुनका सुनम रोकाया म्यान अफ मि म्याच भएका छन् ।
यसैगरी दोस्रो सेमिफाइनमा ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले ध्रबतारालाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग रोजेको ध्रुवतारा निर्धारित ओभरमा २६ रन बनाएको थियो । २७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको ब्रह्मदेब चिल्ड्रेन एकेडेमी ३.१ ओभरमा कुनै पनि विकेट नगुमाएर १० विकेटले जितेको छ ।
ब्रह्मदेबका लागि ४ रन र ५ विकेट लिएका सन्तोस विष्ट म्यान अफ दि म्याच भएका छन् । शनिबार दुबै टीमले उपाधिका लागि खेल्ने छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी सहित नगद २५ हजार र उप विजेतताले ट्रफी सहित नगद १५ हजार पुरस्कार पाउने छन् ।
कञ्चनपुुर जिल्ला क्रिकेट संघले होली हेमली क्रिकेट एकेडेमीको प्रायोजनामा आयोजना गरेको प्रतियोगितामा ८ टीमले भाग लिएका छन् ।