ghar sansar

नेपाललाई विश्वकप पुगाउने क्रिकेट टोलीका सदस्य ऐरी र सार्कीलाई जनही १ लाख ५१ हजार दिने भीमदत्तका मेयर बोगटीको घोषणा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा छनौट पुरुष राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही एक लाख ५१ हजार दिने घोषणा गरेको छ । भीमदत्तका मेयर पदम बोगटीले शनिबार क्रिकेट टीमका दिपेन्द्र सिह ऐरी र भीम सार्कीलाई रकम दिने घोषणा गरेका हुन् ।

क्रिकेटरद्वय ऐरी र सार्की दुबै भीमदत्त नगरपालिकाका वासिन्दा हुन् । क्रिकेटर ऐरीको वडा भीनपा १० जिमुवास्थित होली फेमली क्रिकेट मैदानमा आयोजित होली हेमली क्रिकेट कप २०६९ यु १६ जिल्ला स्तरीय पुरुष छनौट प्रतियोगितामा मेयर बोगटीले रकम घोषणा गरेका हुन् ।

dirghayi clinic

‘अहिले नेपाली क्रिकेट खेलाडीले राष्ट्रको पहिचान हुने गरी विश्वकप खेल्न छनौट भएका छन्, यो तपाई हामी सबैको लागि खुसीको कुरा हो, यसमा यसै वडामा भाई दिपेन्द्र ऐरी, अर्का भाई भीम सार्की पनि हुनु हुन्छ, म वहाँहरु दुबै जनालाई बधाई दिन चाहन्छु’ उनले भने,‘नगरपालिलकाको तर्फमा वहाँहरु दुबैलाई जनही एक लाख ५१ हजार दिने घोषणा गर्छु ।’

कार्यक्रममा मेयर बोगटीले प्रतियोगितामा सहभागी खेलाडीलाई पनि राष्ट्रको इज्जत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी अनुशासन पूर्वक खेल्न सुझाव दिए ।

कञ्चनपुर जिल्ला क्रिकेट संघले होली फेमली क्रिकेट एकेडेमीको प्रायोजनमा प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा समापनमा मेयर बोगटी सहित उप मेयर निलम लेखक जोशी, विभिन्न वडाका अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...