ghar sansar

नागार्जुन बोर्डिङ्ग स्कुललाई होली फेमली क्रिकेट कपको उपाधी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित होली फेमली क्रिकेट खेल मैदानमा सञ्चालित होली हेमली कप २०७९ यु १६ पुरुष जिल्ला स्तरीय छनौट प्रतियोगिताको उपाधि नागार्जङ्गन इङ्गलिश बोर्डिङ्ग स्कुलले जितेको छ ।

शनिबार फाइनल खेलमा नागार्जुनले ब्रह्मदेब चिल्ड्रेन एकेडेमीलाई १५ रनले हराएको हो । नागार्जुनले विजेता बनेर ट्रफी सहित नगद २५ हजार पुरस्कार हात पारेको छ । उप विजेता ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले ट्रफी सहित नगद १५ हजार पुरस्कार पाएको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको नागार्जुनले निर्धारित २५ ओभरमा ९ विकेट क्षतिमा १५६ रन बनायो । नागार्जुनका लागि नविन रावलले २८ बलमा ३३ र आयुश चन्दले ३८ बलमा ३० रन बनाए । ब्रह्मेदब चिल्ड्रेन एकेडेमीका लागि कृष्ण विष्टले ३ विकेट लिए ।

त्यसपछि डि एल मेथड नियमका आधारमा भएको १५ ओभरको खेल भएको थियो । ब्रह्मदेबका प्रेम ठकुराठीले टीमका लागि ९ बलमा १८ रन बनाए । यसैगरी कृष्ण विष्टले ३३ बलमा १७ बनाए । १३ दशमलव ३ ओभरका सबै विकेट गुमाई ब्रह्मदेब एकेडेमी ७७ रनमा अलआउट भएको हो ।

नागार्जुनका दिपक विष्ट, शुभम बम र विकास कार्कीले समान २÷२ विकेट लिए । नागार्जुनका दिपक विष्ट मेन अफ दि म्याच भए ।

dirghayi clinic

समापन कार्यक्रमका प्रमुख अतिथि भीमदत्तका मेयर पदम बोगटीले विजेता नागार्जुन र उप मेयर निलम लेखक जोशीले उप विजेता ब्रह्मदेब चिल्ड्रेन एकेडेमीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रममा प्रतियोगिातका उत्कृष्ठ खेलाडीलाई नगद सहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुलका रोयम बम मेन अफ दि सिरिज भएका छन् । ३७ रन बनाएका उनले ८ विकेट लिएका छन् ।

यसैगरी ब्रह्मेदब चिल्ड्रेन एकेडेमीका प्रकाश पाण्डेय बेष्ट ब्याट्समेन, ब्रह्मदेबका सन्तोस सिह बेष्ट बेलर, नागार्जुनका दिपक विष्ट प्लेयर अफ म्याच र होली फेमली इङ्गशिल मिडियम स्कुलका अंकित चन्द इमर्जिङ्ग प्लेयर भएका छन् ।

कञ्चनपुर जिल्ला क्रिकेट संघले होली फेमली क्रिकेट एकेडेमीको प्रायोजनामा आइतबारदेखि सञ्चालन गरेको प्रतियोगितामा ८ टीमले भाग लिएका थिए ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । समापन कार्यक्रममा मेयर बोगटी सहित उप मेयर निलम लेखक जोशी, होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष भुपाल सिह विष्ट, महेन्द्रनगर मावि कटानका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, महेन्द्रनगर मावि साधारणका प्रधानाध्यापक ललित सिह साउँद, प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट, समाजसेवी केशव चन्द लगायतले मन्तव्य राखे ।

क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा संघका प्रादेशिक समितिका सदस्य आशिष खत्रीले स्वागत मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...