
महेन्द्रनगर । कञ्चनपुर जिल्ला क्रिकेट संघले होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष भुपाल सिह विष्टलाई सम्मान गरेको छ । होली फेमली क्रिकेट मैदानमा सञ्चालित होली फेमली क्रिकेट कप २०७९ यु –१६ पुरुष जिल्ला स्तरीय पुरुष क्रिकेट छनौट प्रतियोगिता समापन कार्यक्रममा अध्यक्ष विष्टलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दले सम्मान गरे । उनीहरुले संयुक्त रुपमा अध्यक्ष विष्टलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरे ।

होली फेमली क्रिकेट एकेडेमीको प्रायोजनमा प्रतियोगिता गरिएको छ । एकेडेमी र संघबीच यु १६ क्रिकेट प्रतियोगिता सञ्चालनका लागि तीन वर्षे समझदारी भएको छ ।
क्रिकेट एकेडेमीका अध्यक्ष विष्टले क्रिकेटको विकास र विस्तारमा पुगाएको योगदानका लागि सम्मान गरिएको संघका उपाध्यक्ष लक्ष्मण भट्टले बताए ।
