ghar sansar

सुदूरपश्चिम चिनाउन साइकल चढेर पर्यटकीय स्थल घुम्दै आएका शाह

–प्रकाश भट्ट
धनगढी । कैलालीको गोदावरी नगरपालिका ८ का स्थानीय भरत विक्रम शाह (फारवेस्टर्न राइडर) पछ्लिलो समय निकै चर्चामा रहेका छन् । सुदूरपश्चिमका विभिन्न पर्यटकीय स्थललाई भ्रमण गरी उनले बनाएका भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

सामाजिक सञ्जालमा फारवेस्टर्न राइडर नामले चिनिएका उनी गतवर्ष साइकलमा बडिमालिका पुगे त्यहाँ उनले बनाएका सुन्दर दृश्यको भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा दर्शकहरूले खुब मन पराए । साइकल लिएर बडिमालिका पुगेका शाहकै भिडियो र तस्बिर हेरेर सयौँ व्यक्ति यहाँ पुग्न थाले । सञ्जाल भरि बडिमालिकाको चर्चा हुन थाल्यो ।

lotus institite

४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका मन्दिरमा साइकल पुरÞ्याएको उनको भिडियोले धेरै दर्शकहरूलाई त्यहाँ जान प्रेरित गर्यो । ४२ वर्षीय शाह धनगढीबाटै साइकल यात्रा गरेर खप्तड, डडेल्धुराको आलिताल, डोटीको बडिकेदार, शुक्लाफाँटा, दोधारा चाँदनी, लिङ्गा लगायत थुप्रै ठाउँमा धेरै पटक पुगेका छन् ।

उनले त्यहाँको विशेषता सहितको जानकारीमूलक फोटो भिडियोहरू सञ्जालमा हालेर अरुलाई पनि त्यहाँ पुग्न प्रेरित गर्छन। साइकल यात्रा थालेको ८ वर्षको अवधिमा शाहले देशभित्रका मात्रै नभएर भारत, अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, क्यानाडा लगायत विभिन्न देशका धेरै साइकल यात्रीलाई सुदूरपश्चिम घुमाइसकेका छन् ।

daimond public

शाहले आफ्नै लगानीमा साइकल यात्रा गर्ने कतिपय विदेशी यात्रीलाई महिनौं सम्म आफ्नै घरमा राखेर निशुल्क खाना तथा बस्न सहयोग समेत गर्ने गरेका छन् । सुदूरपश्चिमका सबै ठाउँ पुगिसकेपछि यहाँका फोटो भिडियो लिएर विश्व साइकल यात्रा गर्ने योजनामा रहेको उनी बताउँछन्। उनले भने, ’कर्णाली पारी पनि एउटा सुन्दर संसार छ भनेर विश्वलाई चिनाउनु छ ।

विश्व साइकल यात्राका क्रममा समग्र सुदूरपश्चिमका ९ जिल्ला समेट्ने डकुमेन्ट्री बनाइ आफूले जाने ठाउँमा देखाएर कर्णाली पारी पनि एउटा सुन्दर संसार छ भनेर विश्वलाई चिनाउने उद्देश्य रहेको उनी बताउँछन्। सुदूरको साहसिक पर्यटन मोटर बाइकिङ, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, बज्नी जम्पिङको सम्भावना तथा त्यसको बारेमा बुझ्ने उद्देश्य समेत रहेको उनले बताए ।

सुदूरपश्चिमलाई राम्रो सँग हेर्ने तथा बुझ्ने उद्देश्य बोकेका शाह सुदूरपश्चिमका ९ ओटै जिल्लाबाट पर्यटन सम्बन्धी फोटो तथा भिडियोग्राफीमा लागेका युवाहरूलाई समेटेर ठूलो टीम बनाइ सुदूरका पर्यटकीय स्थलहरू खोजेर सामाजिक सञ्जालमा राखेर सुदूरका पर्यटकीय स्थललाई संसार सामु चिनाउने तयारीमा रहेको उनी बताउँछन् ।

उनले भने ’सुदूरपश्चिमका सबै जिल्लाका सबै पालिकासँग जोडिएर आफ्नो स्थानीय पर्यटनलाई उहाँले कसरी बुझ्नु भएको छ, स्थानीय पर्यटनलाई कसरी अगाडि लैजाने तयारीमा हुनु हुन्छ यो कुराहरू म बुझ्ने गइरहेको छु।’

शाहले सुदुरपश्चिम यात्रामा सहयोग गर्ने सुदूरपश्चिममै बनेको जापनीज बाइक एरोमा जेट तथा आरोग्य मोटर्सलाई धन्यवाद समेत दिएका छन् ।

यात्राका क्रममा शाहले यात्रा गर्दा के कस्तो सावधानी अपनाउने जस्ता सावधानीका सुझावहरु समेत भिडियोमा प्रस्तुत गर्ने गरेका छन् । शाह समाजमा रहेका दिन दुःखीहरुलाई समेत आफूले सकेको सहयोग गर्दै आइरहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...