
महेन्द्रनगर । चुरे संरक्षण सञ्जाल कञ्चनपुरको अध्यक्षमा फेरि रविन्द्र कुँबर चयन भएका छन् । सञ्जालको नवौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट कुँबरको अध्यक्षतामा समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा मोहन बहादुर चन्द, सचिव कलावति धामी, कोषाध्यक्ष देवकी जोशी र सह सचिवमा पुष्पा कुँबर चयन भएका छन् । समितिमा अध्यक्ष कुँबर, उपाध्यक्ष चन्द र महासचिव धामी अधिवेशनबाट दोहोरिएका हुन् ।

समितिमा लक्ष्मी साउँद, सन्तोसी महर, कर्ण बहादुर पातली, लोकराज बोहरा, दिपकराज जोशी, माया बोहरा, राजेन्द्र प्रसाद भण्डारी र भीमराज भट्ट सदस्य भएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले अधिवेशन उद्घाटन गरेका थिए । समितिका अध्यक्ष कुँबरको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश बहादुर चन्दु, बेदकोट नगरपालिका ८ का अध्यक्ष महेशराज जोशी, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउँद, संरक्षणकर्मी धर्मानन्द पन्त, डिभिजन वन कार्यालयका मानसिह नाथ लगायतले शुभ कामना मन्तव्य राखेका थिए । करनदत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।
