
महेन्द्रनगर । पुनर्वास नगरपालिका नगरपालिका त्रिभुवनवस्तीस्थित जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।
एमाले अखिल र काँग्रेसको नेवि संघको संयुक्त प्यानलकी उम्मेदवार सकुन्तला मल्ललाई २० मतले हराउँदै उनी सभापति निर्वाचित भएका छन् । साउदले ११५ र मल्लले ९५ मत ल्याएकी छिन् ।
सचिवमा नेवि संघका सुशिल कुँवर निर्वाचित भएका छन । अनेरास्ववियु नेवि संघका संयुक्त उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्दी क्रान्तिकारीका अस्मिता पौडेललाई २४ मतको अन्तरले हराएका छन् ।
कोषाध्यक्षमा पनि नेवि संघका नेता लक्ष्मण सिह ठकुर निर्वाचित भएका छन । उनले क्रान्तिकारीका गंगा थापालाई ६६ मतले हराए । सस्यमा नेवि संघका प्रदिप ठगुन्ना, विपना चन्द, अनेरास्ववियुका प्रवेस पौडेल र बिमला थापा निर्वाचित भएका छन् ।
