
भीमदत्तका शिक्षा शाखा प्रमुख जोशीलाई मेयरकै कार्यकक्षमा गाली गलौज गर्दै कुटपिटको धम्की, स्थानीय तह कर्मचारी संघद्वारा कारवाहीको माग
महेन्द्रनगर । भीमदत्त नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीलाई उनी मातहतका शिक्षकले गालीगलौज गर्दै कुटपिट गर्ने धम्की दिएका छन् ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको कार्यकक्षमा भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित सिद्धेश्वर आधारभूत विद्यालयमा कार्यरत शिक्षक रमेश थापाले शिक्षा अधिकृत जोशीलाई गाली गलौज गरी कुटपिष्ट गर्ने धम्की दिएका हुन् ।

स्थानीय तह कर्मचारी हकहित मञ्चले शिक्षा तथा खेलकुद शाखा प्रमुख जोशीलाई धक्क्याउने शिक्षक गणेश थापालाई कार्बाहीको माग गर्न गरेको छ ।
स्थानीय तह कर्मचारी हकहित मञ्चले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै भीनपा ७ हल्दुखाल स्थित सिद्धेश्वर आधारभूत विद्यालयमा कार्यरत शिक्षक रमेश थापाले श्रीमती जमुना बोहराको सरुवाको विषयलाई लिएर शिक्षा शाखा प्रमुख जोशीलाई धम्की दिएको जनाएको छ ।
शिक्षक थापाले शिक्षा शाखा प्रमुख जोशीलाई तथनाम गाली, सुन्नै नसकिने गाली, भविष्यमा समेत कुटपिट गर्ने धम्की दिएको भन्दै कार्बाहीको माग अघि सारिएको छ ।
स्थानीय तह कर्मचारी हकहित मञ्चका अध्यक्ष सुवास अधिकारी र सचिव दिनेश राज भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनाको भत्र्सना जाहेर गर्दै शिक्षक थापालाई कानुन अनुरुप कार्बाहीको माग अघि सारिएको छ ।
