ghar sansar

शुक्लाफाँटामा विद्यालय अनुगमन, मेयर महरा भन्छन्–शैक्षिक योजना बनाउन सहयोग पुग्छ

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयको अनुगमन गरिएको छ । नगरपालिकाले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गर्न थालेको छ ।

बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, शिक्षा शाखा प्रमुख सुरेश भट्ट, प्राविधिक सहायक दिपेन्द्र भट्टलगायतको टोलीले वडा नं. ३, ४ र ५ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको छ। शुक्लाफाँटामा ३२ सामुदायिक र २५ वटा संस्थागत विद्यालय छन् ।

Anant bahu travels

‘विद्यालयहरुको शैक्षिक अवस्था सुधार र आगामी शैक्षिक सत्रका लागि योजना बनाउन अनुगमन गरिरहेका छौं,’ नगर प्रमुख महराले भने, ‘अहिले कक्षा ८ को परीक्षा भइरहेका छन्, त्यसको पनि अनुगमन गरिहेका छौं ।’ नगरभित्रका सबै विद्यालयमा भौतिक पूर्वाधार प्रयाप्त रहेको उनले बताए ।

dirghayi clinic

‘विद्यालयहरुमा पूर्वाधारको अभाव छैन्, शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसका लागि नियमित अनुगमन, शिक्षक तथा विद्यालय व्यवस्थापनसँग छलफल लगायतका कार्यक्रमहरु गरिरहेका छौं।’ शुक्लाफाँटाले २ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्ने तयारी गरेको छ ।

‘नगरभित्रका दुई वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई गर्ने गरि आवश्यक तयारी गरिरहेका छौं,’ शिक्षा शाखा प्रमुख भट्टले भने, ‘विद्यालय छनौट गर्न बाँकी छ, अगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाई सुचारु गर्ने नगरपालिकाको तयारी छ ।’

बुधबार नगर प्रमुख नेतृत्वको टोलीले वडा नं. ३ को जनज्योती आधारभूत विद्यालय, वडा नं. ४ को राष्ट्रिय माध्यमिक विद्यालय पीपलाडी, कञ्चन सरस्वती इंगलिस बोर्डिङ स्कुल, वडा नं. ५ को अनिरुद्र मावि, हुनैनाथ एजुकेसन एकेडेमी, शिवशंकर मावि र बैजनाथ आधारभूत विद्यालयको अनुगमन गरेको हो ।

यस्तै मंगलबार वडा नं. ८ को सिद्धनाथ आधारभूत विद्यालय, बैजनाथ आधारभूत विद्यालय, गोल्डेन फ्युचर एकेडेमी, जनभावना आधारभूत विद्यालय, वडा नं. ९ को आशिग्राम मावि र वडा नं. ११ को सरस्वती माविको अनुगमन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...