ghar sansar

भीमदत्त नगरपालिका १८ नम्बर वडाका डेढ सय बढी ज्येष्ठ नागरिकको आँखा जाँच, ७० जनालाई चश्मा वितरण

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ ले शिविर सञ्चालन गरी वडाभित्रका ज्येष्ठ नागरिकका आँखा परीक्षण गरेको छ । नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र आँखा उपचार केन्द्र महेन्द्रनगरको सहयोगमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले शिविरमा १ सय ७० जनाको आँखाको परीक्षण गरिएको जानकारी दिए । आँखा परीक्षण गरिएकामध्ये ७० जनालाई चश्मा वितरण गरिएको छ ।

,orning glory badhai

शिविरमा १५ जना आँखा उपचारका गर्नु पर्ने देखिएको छ । आँखा उपचार केन्द्रमा उनीहरुको आँखाको उपचार भई रहेको छ ।

६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको शिविरको उद्घाटन भीमदत्त नगरपालिका मेयर पदम बोगटीले गरेका थिए ।

dirghayi clinic

भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र देबकोटाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ कञ्चनपुरका अध्यक्ष डा. भोजराज पन्त, ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय उपाध्यक्ष गंगाराम गिरी लगायतले मन्तव्य राखेका थिए ।

आँखा उपचार केन्द्रमा नेपाल मात्रै नभएर भारतबाट पनि विरामी आउने गरेका छन् । त्यसमा ४० प्रतिशत विरामी भारतबाट आउने गरेका छन् ।

वडा अध्यक्ष देवकोटाले ज्येष्ठ नागरिक समाजका लागि इतिहास भएको उल्लेख गर्दै स्वास्थ्य लगायतका सुरक्षामा वडा कार्यालय सक्दो सहयोग गर्ने बताए ।

‘ज्येष्ठ नागरिक यो समाजका लागि ज्ञान, उपदेश अर्ती र सिकाईका लागि इतिहास नै हो, वहाँहरुको ज्ञानबाट हामी परिस्कृत समाज बनाउन सक्छौ’ उनले भने,‘त्यसका लागि वहाँहरुको ज्ञान सीपको संरक्षण गरी स्वास्थ्य सुरक्षा लगायतका सबै हक अधिकारका लागि वडा कार्यालय सधैं प्रतिवद्ध छ ।’

भीमदत्त नगरपालिका १८ मा सबैभन्दा बढी तीन हजार हाराहारीमा ज्येष्ठ नागरिक छन् । शिविरबाट पाँच सय भन्दा बढीले लाभ लिने अपेक्षा गरिएको वडा अध्यक्ष देवकोटाले बताए ।

Himal dental
सम्बन्धित
Loading...