ghar sansar

एडिबी अनुदानको सडक निर्माणमा बेथिति, सडक कालोपत्रे गरिएपछि हटाउन थालिए विद्युतका पोल

dirghayu ad

महेन्द्रनगर । चौतर्फी विरोध भएपछि महेन्द्रनगर बजार क्षेत्रमा सडक कालोपत्रे गरि रहेको जेडआइसी लामा निर्माण कम्पनीले विद्युतका पोल हटाउन थालेको छ । विद्युत पोल नहटाएर निर्माण सुरु गरेको कम्पनीले पोल सडकमा राखेर कालोपत्रे पनि गरि सकेको छ । चौतर्फी विरोध भएर भीमदत्तका मेयर पदम बोगटीको आलोचना भएपछि उनले तत्काल पोल हटाउन निर्देशन दिएका थिए ।

एडिबीको अनुदानमा क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत पहिलो चरणमा १४ किलोमिटर सडक कालोपत्र भई रहेको छ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा प्राप्ति हुन नसकेपछि पहिलो चरणमा आयोजना अन्र्तगतको ३८ किलोमिटर सडकमध्ये १४ किलोमिटर कालोपत्रे गरिएको हो ।

ratnam malkhad

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अघिदेखि बजार क्षेत्रमा निर्माण कम्पनीले सडक कालोपत्रे निर्माण अघि बढाएको थियो । त्यसपछि कम्पनीले विद्युतका पोल नहटाएर सडक कालोपत्रे गरेको थियो । विद्युत प्राधिकरणले कम्पनीलाई बजार क्षेत्रमा हटाउनु पर्ने सबै पोलको विवरण दिएको थियो ।

महेन्द्रनगर बजारको क्याम्पस रोडस्थित पार्क प्रवेश गर्ने सडकमा रहेको विद्युतको पोल बुधबार विहान हटाईएको छ । भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले यात्रु र पार्क प्रवेश गर्नेहरुका लागि सहजताका लागि विद्युत पोल हटाएको बताए । उनका अनुसार विद्युत प्राधिकरण र नगरपालिकाले पोल हटाएको छ ।

चौतर्फी गुनासोपछि केही दिन अघि मेयर बोगटीले निर्माण कम्पनी सहित सरोकारवाला बोलाएर छलफल गरी निर्देशन दिएका हुन् । उनले ढल सहितको आधुनिक सडकको काम गुणस्तरिय सहित छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।

छलफलमा जेडआइइसी–लामा जेभीका इन्जिनियर तथा प्रतिनिधि,क्षेत्रिय शहरी विकास आयोजना कार्यान्वयन इकाईका प्रमुख एवम् प्रतिनिधि,नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरका प्रमुख,नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख,खानेपानीका प्रमुख लगायत सहभागी भएका थिए ।

आयुडिपिको डिजाइन अनुसार ९ मिटरका विद्युतका पोल हाल्नु पर्ने तर नेपाल विद्युत प्राधिकरणका अनुसार बजारक्षेत्रमा ११ मिटरको पोल हाल्नु पर्ने हुदाँ सडक निर्माणमा समस्या देखिएको भन्दै निर्माण कम्पनी पन्छिदै आएको थियो ।
आयुडिपिले निर्माण कम्पनीलाई विद्युतका पोल ११ मिटरको हाल्ने भनेर लिखित पत्र दिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...