ghar sansar

शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्रका लागि रुख कटान सुरु, ८ सय २५ रुख काटिने

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण स्थलमा रहेका रुखहरुको कटानी सुरु भएको छ । बुधबार नगर प्रमुख रणबहादुर महरा, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्टलगायतको सहभागितामा रमण केएसजेभी कैलालीले रुख कटानको काम सुरु गरेको हो ।

बैशाख १५ गतेभित्र रुख कटान गरि सक्ने लक्ष्य लिइएको छ । डिभिजन वन कार्यालय कञ्चनपुर फागुन २६ गते ८ सय २५ रुख कटानका लागि आदेश दिएको थियो । नगर प्रमुख महराले समयमै रुख कटानको काम सक्न निर्देशन दिएका छन्। ‘तोकिएकै समयमा रुख कटानी गरि फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढाउनुहोस्,’ उनले भने, ‘नगरपालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्नेछ ।’

Anant bahu travels

आरयुडीपी परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको ४.९९ हेक्टर क्षेत्रफलमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ । फोहर व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाखमा रमण केएसजेभी र सहरी विकास आयोजना कार्यान्वयन इकाइबीच २६ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो ।

‘२० महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो,’ निर्माण कम्पनीका इन्जिनियर अमित यादवले भने, ‘रुख कटानीको काम सुरु भएको छ, निर्धारित समयमा निर्माण सकिदैन, तर तीब्र गतिले निर्माण कार्य अगाडि बढाउने हाम्रो योजना छ ।’

यस्तो बन्नेछ फोहर व्यवस्थापन केन्द्र

dirghayi clinic

शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट उत्पादन भएको फोहर व्यवस्थापनका लागि ४।९९ हेक्टरमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण गरिनेछ ।

एडीबीको २६ करोड ७७ लाख सहयोगमा बन्ने फोहर व्यवस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहर व्यवस्थापन गर्न सकिन्छ । मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नगर्ने खालको फोहर व्यवस्थापन केन्द्र निर्माण गरिने क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर आकांक्षा श्रेष्ठले बताए ।

‘प्रविधिको प्रयोग गरेर आधुनिक तथा व्यवस्थित फोहर व्यावस्थापन केन्द्र बन्छ,’ उनले भने, ‘फोहर व्यवस्थापन केन्द्रमा लगिएको फोहर छुट्याएर राखिन्छ।’फोहरबाटै जैविक मल र ग्याँस उत्पादन समेत गरिने उनको भनाई छ। ‘कुहिने र नकुहिने फोहरलाई छुट्याएर अलग राखिन्छ, कुहिने फोहरबाट मल बन्छ, नकुहिने फोहर कबाडमा बिक्रि हुन्छ,’ उनले भने, ‘केन्द्रमा १० प्रतिशत मात्रै काम नलाग्ने फोहर रहन्छ, त्यसलाई खाडलमा पुरिन्छ ।’

संकलन गरिएको फोहरलाई बन्द गाडीमा व्यवस्थापन केन्द्रसम्म लगिने उनले बताए। ‘संकलन भएको फोहर बन्द गाडीमा लगिन्छ,’ उनले भने, ‘बन्द गाडीमा लगिने भएकाले दुर्गन्ध पनि आउँदैन।’ केन्द्रमा फोहर लग्ने गाडीलाई दैनिक रुपमा सफाई गरिन्छ ।

फोहर व्यावस्थापन केन्द्रको सुन्दरताको लागि पार्क समेत निर्माण गरिने उनी बताउँछन् ।  ‘केन्द्रको सुन्दरता बढाउनुका साथै हरियाली प्रवद्र्धनका लागि पार्क निर्माण हुन्छ,’ उनले भने, ‘केन्द्रमा खाली रहेको क्षेत्र र फोहर भरिएका खाल्डामा पार्क निर्माण हुन्छ ।’फोहर व्यवस्थापन केन्द्रमा दिशाजन्य पदार्थ नलगिने उनको भनाई छ ।

‘दिशाजन्य पदार्थ व्यवस्थापनको लागि छुट्टै योजना अगाडी बढिरहेको छ, त्यो त्यहाँ लगिदैन्,’ इन्जिनियर श्रेष्ठले भने, ‘दिशाजन्य पदार्थ व्यावस्थापनका लागि अन्य ठाउँमा जग्गा हेरिरहेका छौं ।’

नमूना फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेर पर्यटकीयस्थल समेत बनाउन सकिने उनले बताए। ‘फोहर व्यवस्थापन केन्द्र आम्दानीको स्रोत बन्छ, स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...