ghar sansar

एसइई सुरु, आज अनिवार्य अंग्रेजी विषयको परीक्षा

dirghayu ad

महेन्द्रनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा चार लाख ८४ हजार २२७ विद्यार्थी सहभागी छन् ।

यसैगरी सुदूरपश्चिमबाट ५५ हजार ३ सय ७६ जना विद्यार्थी सहभागी भएका छन् । सुदूरपश्चिममा सबैभन्दा बढी बिधार्थीहरु कैलालीबाट एसईईमा सहभागी छन् । कैलालीबाट १७ हजार ७ सय ४२ जना बिधार्थीहरु एसईई दिईरहेका छन् भने कञ्चनपुरबाट १७ हजार ७ सय ४२ जनाले एसईई दिने भएका छन् । कञ्चनपुरमा ३३ वटा परिक्षा केन्द्र छन् ।

ratnam malkhad

कञ्चनपुरमा नियमित तर्फ छात्रतर्फ ३ हजार ९ सय ४२ र छात्रातर्फ ४ हजार ४ सय ७३ जना गरी जम्मा ८ हजार ४ सय १५ जना छन् ।

यसैगरी ग्रेड वृद्धिको परिक्षार्थीतर्फ छात्र २ सय १२ जना, छात्रा ३ सय ८८ जना गरी जम्मा ६ सय जना र प्राविधिक धार छात्र ६ सय ४० जना र छात्रातर्फ ५ सय ६० जना गरी जम्मा १ हजार २ सय जना विद्यार्थीहरु कञ्चनपुरबाट एसईई दिने सूचना अधिकारी कृष्ण बहादुर बोहराले बताए ।

यसैगरी डडेल्धुरामा १२ वाट परिक्षा केन्द्रबाट २ हजार ६ सय ८९ जना विद्यार्थी, बैतडीमा २५ वटा परिक्षा केन्द्रबाट ५ हजार ३ सय ५१ जना विद्यार्थी, दार्चुलामा १६ वटा परीक्षा केन्द्रबाट २ हजार ९ सय ७१ जनाले परिक्षा दिईरहेको शिक्षा विकास निर्देशनालय दिपायल डाटीले जनाएको छ ।

यसैगरी अछाममा २४ वटा परिक्षा केन्द्रमा ५ हजार ७३ जना विधार्थी, बझाङमा १८ वटा परीक्षा केन्द्रबाट ४ हजार ४ सय जना बिधार्थीहरु परिक्षामा भाग लिने शिक्षा विकास निर्देशनालय दिपायल डाटीले जनाएको छ ।

यसैगरी बाजुरामा १५ वटा परिक्षा केन्द्रबाट ३ हजार १ सय ६३ जना विद्यार्र्थी र डोटीमा १२ वटा परिक्षा केन्द्रबाट ३ हजार ७सय ७२ जना विद्यार्थी एसईई दिने शिक्षा विकास निर्देशनालय दिपायल डाटीले जनाएको छ ।

शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइ रहेको छ । विहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।

Himal dental
सम्बन्धित
Loading...