
भीमदत्तमा कमजोर अवस्थाका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति, सम्मान गरी मेयर बोगटीले प्रदान गरे छात्रबृत्ति रकम

महेन्द्रनगर । कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई भीमदत्त नगरपालिकाबाट उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति पाएका छन् । भीमदत्तले विपन्न,जेहेन्दार विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि २०७९ अन्तर्गत छनौट गरी चार जनालाई छात्रबृत्ति दिएको हो ।
भीमदत्त नगरपालिकाका कार्यक्रम गरी शुक्रबार कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरी छात्रबृत्ति प्रदान गरिएको छ । नगरपालिकाले सार्वजनिक सूचना आव्हान गरी विद्यार्थी छनौट गरेको हो ।

छात्रबृत्ति पाउने सबै विद्यार्थी सामुदायिक विद्यालयमा एसइई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्दै आएका छन् । उनीहरुमा भीमदत्त नगरपालिका १२ की पुष्पा साउँद, वडा नं. ६ की भावना भट्ट, वडा नं. १८ का भवेन्द्र सिंह र वडा नं. १४ की सुशिला विसी छन् । उनीहरुमध्ये सिह दृष्टि विहीन हुन् । उनीहरु सबैलाई जनही ५० हजार छात्रबृत्ति प्रदान गरिएको छ ।
भीमदत्तका मेयर पदम बोगटीले उनीहरुलाई टीका र खादा टिका लगाएपछि छात्रवृत्ति प्रमाण पत्र र नगद रकम प्रदान गरे ।
छात्रवृत्ति पाएका उनीहरु तीन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत छन् । साउँद, सिह र बिसी सुदूरपश्चिम विश्व विद्यालयमा अध्ययनरत छिन् । साउँद सिएसआइटी, सिह स्नातकोत्तर र बिसी बिएडमा अध्ययन गरि रहेका छन् ।
भीनपा ६ की भट्ट कञ्चन विद्या मन्दिरमा बिबिएस अध्ययनरत छन् ।
कार्यक्रममा मेयर बोगटीले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनमा सहयोग पुगाउन छात्रबृत्ति दिइएको बताए ।
‘मैले स्थानिय तहको निर्वाचन लड्दै गर्दा निर्वाचित भएपछि पढ्नमा राम्रो विपन्न परिवारको विद्यार्थीले आर्थिक अभावका कारण पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले त्यस्ता विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्नेछु भनेर प्रतिवद्धता व्यक्त गरेको थिए ।’
छात्रवृत्ती पाएका भीमदत्त नगरपालिका–१८ का विद्यार्थी भवेन्द्र सिंहले नगरपालिकाले दिएको छात्रबृत्तिले कमजोर अवस्थाका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज हुने सिंहले बताए ।
अगामी वर्ष छात्रवृत्तिको संख्या र रकम बढाइने मेयर बोगटीको भनाई छ । नगरपालिकाले कार्यविधि अनुसार ‘क’ वर्गमा एमबिबिएस, पाईलट, ‘ख’ वर्गमा ईन्जिनियर,नर्सिङ तथा प्राविधिक तर्फ र ‘ग’ वर्गमा शिक्षा, विज्ञान, मानविकी, मानवशास्त्र, लगायत विषयमा अध्ययन गरेका विधार्थीहरुबाट निवेदन माग गरिएको थियो ।
भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले कार्य विधि अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गतर्फ अध्ययनरत विद्यार्थीहरुलाई क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार र ५० हजार नगद छात्रवृत्ति वितरण गर्ने कार्यविधिमा व्यवस्था छ । यद्यपी ‘क’ र ‘ख’ वर्गमा आवेदन नै नपरेको उनले बताए ।
