ghar sansar

भारतबाट फर्किएका चार नेपाली एसएसबीबाट कुटिए

महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले घर फर्किन लागेका चार नेपालाीलाई शारदा व्यारेज क्षेत्रमा कुटपिट गरेका छन् । महाकाली नदीको शारदा व्यारेजमा भीमदत्त नगरपालिका १० का सुरेन्द्र कार्की, रमेश गिरी, भीमदत्त नगर ५का रतन ठगुराठी र गोबिन्द प्रशाद जैसी(डब्लु) लाई कुटपिट गरिएको छ ।

उनीहरुलाई राति आवतजावत बन्द भएपछि आएको भन्दै कुटपिट गरिएको बताइएको छ । भारतबाट फर्किएका आफन्तलाई वनबासाबाट लिएर फर्किने क्रममा कुटपिट भएको सुरेन्द्र कार्कीले बताए ।

‘उनीहरुलाई ल्याउन म त्यहाँ जाँदै थिए, एसएसबी क्याम्प भन्दा ३०÷४० मिटर वरी नै रोकेर ब्यारेल बन्द भयो, जान पाईदैन भनेर रोक्यो, जाने नै भए उता सापलाई सोधेर आउँ भन्यो, म त्यहाँ जाँदै थिए, लाठी र पैनाले कुटपिट गरिदियो’ उनले भने ।

कार्कीले आफुसंगै रहेका अन्य तीन जना नेपालीलाई समेत कुटपिट गरेको तर, उनीहरुलाई आफुले नचिनेको बताए । ‘मलाई एकाएक आएर पिठ्युमा लाठी र पैना प्रहार गरेर कुटपिट गरिदियो, ‘उनले भने, ‘अन्य दुई जनालाई कुटपिट गरेर घर फकाईदियो ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले यस विषयमा थप बुझ्ने बताए । ‘यो घटना नेपाली भूमिमा होईन घटेको,‘उनले भने, ‘घटना बारे सरोकारवाला दुवै पक्षसंग बुझेर सहजिकरण गछौँ ।’

Himal dental
सम्बन्धित
Loading...