ghar sansar

भीमदत्तकी उप मेयरले गरिन् महेन्द्रनगर बजारका ट्युसन अनुमगन, कानुनी मापदण्ड पालना गर्न निर्देशन

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख नीलम लेखक जोशीले महेन्द्रनगर बजार क्षेत्रमा सञ्चालित ट्युसन सेन्टर तथा भाषा कक्षाको अनुगमन गरेकी छन् । कानुनी प्रक्रिया पूरा नगरी ट्युसन सेन्टर तथा भाषा कक्षा सञ्चालन गरिएको गुनासो आएपछि उप मेयरको नेतृत्वको टोलीले सोमबार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा व्यवसाय दर्ता सञ्चालन गरिएको देखिए पनि नगरपालिकालाई कर नतिरेको र सम्बन्धित निकायबाट अनुमति नलिएको देखिएको छ । नगर उप प्रमुख जोशीले गैरकानुनी तरिकाले संञ्चालन भइरहेको जानकारी पाइपछि केही ट्युसन सेन्टर तथा भाषा कक्षाहरुमा अनुगमन गरिएको बताइन् ।

ratnam malkhad

‘महेन्द्रनगर बजारमा गैरकानुनी तरिकाले ट्युसन सेन्टर सञ्चालन गरिएको र नगरपालिकालाई कर नतिरेको खबर पाएपछि हामीले केही ट्युसन सेन्टरहरुमा अनुगमन गरेका हौ’ उनले भनिन्, ‘प्रायः ट्युसन सेन्टरले व्यवसाय दर्ता गरेको पाइयो तर पालिकालाई कर नतिरेको र सम्बन्धित निकायबाट अनुमती नलिएको भेटियो ।’

पहिलो चरणको अनुगमनका क्रममा सबैलाई तत्काल नै रावश्व बुझाएर कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ । ‘उहाँहरुले भोली नै राजश्व बुझाउने र कानुनी प्रक्रिया समेत पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ’ उनले भनिन्, ‘त्यस अनुसार भोली(मंगलवार) नै सबै ट्युसन सेन्टरलाई शिक्षा शाखाबाट अनुमथि लिन र कर बुझाउन सार्वजनिक सूचना पनि निकाल्छौ र दोस्रो चरणमा अनुगमन गर्छौ त्यो बेलापनि कर नबुझाएको र अन्य कानुनी प्रक्रिया पुरा नगरेको भेटिएमा कानुनी कारर्वाही गर्छाै ।’

Himal dental
सम्बन्धित
Loading...