ghar sansar

भीमदत्तले पसलमा ताला लगाएपछि २४ लाख २८ हजार भाडा अशुल, अब ४ लाख मात्रै बाँकी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले भाडा नतिर्ने पसलहरुमा ताला लगाउन थालेको छ । नगरपालिकाको स्वामित्वमा रहेका सटर भाडा लिएर व्यवसाय गर्ने तर सम्झौतानुसारको भाडा नगरपालिकालाई नबुझाउने व्यवसायीहरुको पसलमा ताला लगाइएको भीमदत्त नगरपालिकाका राजश्व शाखा प्रमुख विक्रम भण्डारीले बताए ।

‘भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेका सटरहरु भाडामा लिएर व्यवसाय गर्ने तर नगरपालिकालाई मासिक रुपमा बुझाउनु पर्ने भाडा नबुझाउने व्यवसायीहरुको सटर तथा पसलमा नगरपालिकाले ताला लगाइरहेको छ’ उनले भने, ‘हालसम्म हामीले भाडा नतिर्ने १८ वटा पसलमा ताला लगाएका छौ ।’

,orning glory badhai
dirghayi clinic

भाडा नबुझाउने पसलमा ताला लगाएपछि २४ लाख ३२ हजार ३०७ रुपैया राजश्व संकलन भएको शाखा प्रमुख भण्डारीले बताए ।

‘नगरपालिकाको स्वामित्वमा रहेका सटरको २८ लाख ३४ हजार १८८ राजश्व बक्यौता रकम रहेकोमा नगरपालिकाले भाडा नतिर्ने पसलहरुमा ताला लगाउन थालेपछि २४ लाख ३२ हजार ३०७ रुपैया राजश्व रकम संकलन भएको छ ।’ उनले भने, ‘अब ४ लाख राजश्व रकम उठ्न बाकीँ छ ।

मंगलबार भाडा नबुझाउने ५ वटा सटरमा ताला लगाएका छौ । जब सम्म नगरपालिकालाई सम्झौतानुसारको भाडा बुझाउनुहुन्न तबसम्म ती पसलको ताला खोल्दैनौँ ।’

उनना अनुसार नगरपालिकाको स्वामित्वमा रहेका सटर भाडा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुले अब प्रत्यक महिना–महिनामा सटरको भाडा बुझाउनुपर्र्छ यदि महिना–महिना भाडा नबुझाएमा कानुनी कारर्वाही गर्छौ । यस्तै उनले सम्पूर्ण व्यवसायीहरुलाई समयमै राजश्व बुझाउन आग्रह समेत गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...