ghar sansar

शुक्लाफाँटामा वडा अध्यक्ष साउँदले दिए विपन्न अवस्थाका जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका वडा न.११ को कार्यालयले ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । वडा कार्यालयले जेहन्दार, गरिब, दलित तथा अपाङ्गता भएका विद्यार्थीलाई बिहीबार छात्रबृति प्रदान गरेको हो। चुनावी दौरानमा गरिएका प्रतिवद्धता अनुरुप छात्रवृत्ति प्रदान गरिएकोछ ।

वडा अध्यक्ष साउँदले सबै विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रबृति वितरण गरिएको वडाध्यक्ष साउँदले बताए। उनका अनुसार रोशनी भट्ट, विकास नेपाली, अञ्जली नेपाली, गोमती राना, यशोदा राना, सरिता नेगी, रोशन दमाई र नविन दमाईलाई छात्रबृति वितरण गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

‘वडाका कुनै पनि विद्यार्थी आर्थिक अवस्था कमजोर भएकै कारण पढाईबाट बञ्चित हुनु हुँदैन्,’ उनले भने, ‘वडा कार्यालयबाट सूचना जारी गरेका थियौं, वडामा आएका निवेदनको मुल्यांकन गरी ८ जनालाई छात्रबृति गरेका हौं ।’ छात्रबृति वितरण कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई छ ।

‘अगामी वर्षमा पनि छात्रबृति वितरणको कार्यक्रमलाई निरन्तरता दिन्छौं,’ उने भने,‘बेरोजगारलाई स्वरोजगार बनाउन कृषिका कार्यक्रम तथा सीपमूलक कार्यक्रम पनि सञ्चान गर्छौ ।’ वडा कार्यालयले ३० जनालाई आधारभूत कम्प्युटर तालिम समेत दिदैछ। तालिम शुक्रबारदेखि सञ्चालन हुनेछ ।

‘अहिले समयमा प्रविधि सम्बन्धि आधारभूत ज्ञान हुनु जरुरी छ,’ उनले भने, ‘अहिलेका प्रविधिमैत्री शिक्षा दिन विद्यार्थीका लागि कम्प्युटर तालिम सञ्चालन गरेका हौं ।’

Himal dental
सम्बन्धित
Loading...