ghar sansar

ब्रह्मदेबमा ओभरहेडले हटायो नल र कुवाको पानी खानु पर्ने स्थानीयको बाध्यता

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रहमदेबका ९ सय बढी घर परिवारले ब्रह्मदेब खानेपानी आयोजानबाट शुद्ध खानेपानी पाएका छन् । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउन दुई दशक अघि आयोजना सञ्चालन गरिएको थियो ।

२०५४ मा निर्माण सुरु भएर आयोजना २०६५ मा सञ्चालन गरिएको हो । ८० घरधुरीबाट सञ्चालन गरिएको आयोजना अहिले ९ सय बढी घर परिवारसम्म पुगेको छ ।

lotus institite

ब्रह्मदेब खानेपानी उपभोक्ता तथा सररसफाई समितिका कार्यालय प्रमुख गणेश विष्टले आयोजना सञ्चालन आएपछि हेण्ड पम्प, कुवा र महाकाली नदीको पानी खानु पर्ने बाध्यता हटेको बताए ।

daimond public

‘यो आयोजना सञ्चालन हुन अघिसम्म सबैले कुवा र हेण्डपम्बाट पानी खाने गरेका थियौ, कसैले महाकाली नदीबाट पनि बोकेर खान्थे, त्यसको अरु कुनै बाटो पनि थिएन’ उनले भने,‘अहिले सबै जना आयोजानको पानी खान्छन्, यो शुद्ध छन्, सबैले शुद्ध र सफा खानेपानी खान पाएका छन्, अहिले नल कुवा सबै बन्द छन् ।’

समितिले कमजोर आर्थिक अवस्था भएका घर परिवारलाई न्यूनतम मूल्यमा पानी उपलब्ध गराएको छ । आयोजनासित पानी वितरणका लागि २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड छ । समितिले कमजोर अवस्थाका परिवारलाई १० युनिटसम्म न्यूनतम एक सय १० रुपैँया शुल्क लगाएको छ । यस बाहेक १५ युनिटसम्म प्रति युनिक २० रुपैँया लिने गरिएको छ ।

धारा जडान सहित ६ हजार ५ सय शुल्क तोकिएको छ । लोडसेडिङ्गका बेला पनि पानी वितरण गर्न सोलार प्लान्ट जडान गरिएको छ ।

भीमदत्त नगर विकास समितिको १० कट्टा जग्गामा आयोजना बनाइएको छ । गहुताणी खोला किनारमा भएकाले बाढीले आयोजनालाई समस्या पार्ने चिन्ता देखिएको कार्यालय प्रमुख विष्टले बताए ।

‘आयोजना जोगाउन खोलामा तटबन्धन गर्न माग गर्दै आएका छौ, कसैले बजेट हालि दिए राम्रो हुने थियो’ उनले भने ।
खानेपानी समितिको नेतृत्व समाजसेवी प्रताप नाथले गरेका छन् । समितिमा अध्यक्ष नाथ सहित ९ जना छन् ।

Himal dental
सम्बन्धित
Loading...