
एमालेमा कसरी मच्चियो साँगठनिक अराजकता ?
सुदूरपश्चिम इन्चार्ज भन्छन्– अराजकता रोक्न र सुदृढीकरण गर्न मिसन ग्रासरुट अभियान चलाएका हौ

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टले पार्टी भित्रको सांगठनिक अराजकता रोक्न र सुदृढीकरण गर्न मिसन ग्रासरुट अभियान थालिएको बताएका छन् । कैलालीको अत्तरियामा गरिएको कार्यक्रममा उनले एमाले बलियो बनाउन अभियान सञ्चालन गरिएको बताएका हुन् ।
उनले मिसन ग्रासरुट अभियानको समिक्षा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन आफू माओवादी केन्द्रमा नफर्किने स्पष्ट पारेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डले घरमा भेटन आउँछु भन्नू भयो मैले हुन्छ भने भेटघाट पारिवारिक मात्रै हो । उहाँले मेरो परिवार को बारेमा सोधपुछ गर्नु भयो हामीले पनि उहाँको परिवार को बारेमा सोधपुछ गर्यौ । पुरानो ४० बर्ष देखीको सम्बन्ध भएकाले यसलाई सामान्य रूपमा लिनुपर्दछ,“ भट्ट ले भने,“ मैले उहाँलाई बामपन्थी एकता को लागि हाम्रो पार्टी को अध्यक्ष संग कुरा गर्नुस् भनेको छु । उहाँले शान्ति प्रकृयाका काम टुंग्याउने एमाले अध्यक्ष संग कुरो गर्नुपर्यो भन्नू भयो मैले तपाईं हाम्रो अध्यक्ष संग कुरो गर्नुस् भने । कहाँ कहाँबाट सम्बन्ध बिग्रेको हो छलफल गर्नुस् भनेर मैले भनेको हो ।“
भट्टले आफू कम्युनिस्ट पार्टी बिच एकता को पक्षमा रहेको जिकिर गरे । उनले कम्युनिस्ट पार्टी बिच एकता नभए बामपन्थी शक्ति कमजोर हुने दाबी गरे । भट्टले पार्टी भित्र ४० बर्ष मुनिका युबाहरु को आकर्षण घट्दै गएकाले संगठन निर्माण गर्दा युवाहरुलाई समेटनु पर्नेमा जोड दिए । युबाहरु को जोश र बृद्दहरु को अनुभवलाई पार्टीमा लगाउन सके पार्टीले नयाँ गति लिने उनको भनाई रहेको छ । भट्ट ले पार्टी भित्र बाह्र र आन्तरिक शक्तिहरु पार्टी कमजोर बनाउन लागि परिरहेको बताए ।
“बर्ष भरी ३६५ दिन एमाले कै रूपमा परिचित हुने तर भोट हाल्ने बेला अर्कैको भैदिने प्रवृत्तिले समस्या हुने गरेको छ । निर्बाचन को बेला टिकट दाबी गर्न त पाइयो तर जब पार्टीले टिकट को निर्णय गर्छ तब सबै लाग्नुपर्ने हो तर यहाँ त्यस्तो देखिएन आफुले टिकट पाए मात्रै ठिक भन्ने हो भने त्यो राजनीतिक हुँदैन ,“भट्ट ले भने ।
भट्ट ले अहिले को गठबन्धन सरकार धेरै दिन नटिक्ने दाबी गरे । उनले यो सरकार बढीमा असोज सम्म जाने र त्यसपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नै सरकार बन्ने जिकिर गरे ।
