ghar sansar

भीमदत्तका प्राविधिकलाई गुणस्तरीय विकास निर्माण गर्न कार्य वाहक मेयर जोशीको निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्य वाहक नगर प्रमुख तथा अनुगमन समितिका संयोजक निलम लेखक जोशीले विकास निर्माणलाई गुणस्तरीय बनाउन प्राविधिकहरुलाई निर्देशन दिएकी छन् । भीमदत्त नगरपालिका कार्यालयमा बुधबार सबै प्राविधिकसित छलफल गरी कुनैै पनि वडाबाट विकास निर्माण कार्यको गुणस्तरलाई लिएर गुनासो आउनु नपर्ने गरी काम गर्न निर्देशन दिएकी हुन् ।

‘भीमदत्तबाट सञ्चालन हुने तथा निर्माण हुने सबै खाले योजना क्वालिटी युक्त ,पारदर्शी बनाउन, स्टमेट अनुरुप कार्य सम्पन्न गराउनु र कुनै गुणस्तरलाई लिएर कुनै पनि योजनामा गुनासो नआओस भन्ने चाहन्छौ’ उनले भनिन्, ‘त्यसका लागि नगररपालिका कार्यपालिकाबाट के कस्तो सहयोग गर्नु पर्ने हो, त्यसका लागि हामी तयार छौ ।’

,orning glory badhai
dirghayi clinic

कार्य वाहक मेयर जोशीले विकास निर्माण कार्यलाई गुणस्तरीय बनाएर जनताको गुनासो झेल्नु पर्ने अवस्था कुनै पनि वडामा आफूले देख्न नचाहेको बताइन् । ‘म यो नगरपालिकाको उप मेयर हैसियतामा अनुगमन समितिको पनि नेतृत्व गर्छु, त्यस कारण म अनुगमन पाटोलाई बलियो बनाउन चाहन्छु’ उनले भनिन्,‘अनुगमनको पाटो बलियो र राम्रो बनाउनका लागि , निर्माण कार्यमा जनगुनासो झेल्न नपरोस भन्ने मेरो चाहना हो ।’

कार्य वाहक मेयर जोशीले योजना सञ्चालनको सुरुवाती, निर्माणाधिन र योजना सम्पन्न भएपछि अनुगमन समिति, प्रशासन फाँट र सम्बन्धित वडा समितिसंग समन्वय गरिनु पर्नेमा उनको जोड थियो ।

कार्य वाहक मेयर जोशीले केही दिन अघि विकास निर्माण कार्यलाई गुणस्तरीय र पारदर्शी बनाउने कार्य आफ्नो प्राथमिकतामा रहेको बताएकी थिइन् । उनले प्राविधिकलाई फिल्डमा लगेर योजना अनुगमन गरेर मात्रै अन्य प्रक्रिया अघि बढाइने बताएकी थिइन् ।

छलफलमा भीमदत्त नगरपालिका कार्यालका इन्जिनियर, सव इन्जिनियर, अमिन लगायतका प्राविधिक सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...