ghar sansar

कञ्चनपुरका शिक्षक मल्लले दिए शिक्षक संघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी, भन्छन्–शिक्षक हकहित र शैक्षिक आन्दोलन लगायतका मुद्दा सशक्त रुपमा उठाउँछु

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान अध्यक्ष बिर्ख बहादुर मल्लले संघको नवौ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । संघको काठमाडौंमा सुरु नवौ अधिवेशनमा बुधबार मल्लले वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

संघको कञ्चनपुर अध्यक्षपछि प्रदेश नेतृत्व पाएका मल्ल अहिले वरिष्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा होमिएका छन् । शिक्षण पेशा सुरु गरेपछि संघमा सक्रिय उनी संघको जिल्ला सदस्य भएर जिम्मेवारी वहन गर्दै आएका छन् । शिक्षक संघको कञ्चनपुर अध्यक्ष अघि उनले उपाध्यक्ष र त्यस अघि सदस्य भएर जिमेवारी निर्वाह गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

भीमदत्त नगरपालिका १८ खैरभट्टीस्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक उनी २०५० देखि शिक्षण पेशामा आएका हुन् । शिक्षण पेशामा आउन अघि काँग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष भएका थिए ।

पञ्चायत विरुद्ध आन्दोलनबाट राजनीतिमा आएका उनी शिक्षण पेशामा आएपछि पार्टी राजनीतिबाट अलग भएर शिक्षक राजनीतिमा होमिएका हुन् । पञ्चायत विरोधी आन्दोलनका क्रममा मल्ल पटक जेल परेका छन् । शिक्षक संघमा उनले संगठन हाँक्न सक्ने नेताको पहिचान बनाएका छन् ।

शिक्षक संघलाई पेशागत हकहित र शैक्षिक आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको मल्लले बताए ।

‘जिल्ला, प्रदेश सबै समितिमा बस्दा शिक्षक आन्दोलनको नेतृत्व गरियो, संघको केन्द्रसित गुनासो मात्रै राखियो’ उनले भने,‘अब यहीं फोरममा आएर शिक्षकका हकहित, शैक्षिक आन्दोलन लगायतका मुद्दा सशक्त रुपमा उठाउन जरुरी ठानेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवार भएको छु ।’

Himal dental
सम्बन्धित
Loading...