
होली फेलमी क्रिकेट एकेडेमीको मैदानमा १२ दिने क्रिकेट ट्रेनिङ्ग क्याम्प सुरु, दुई सय छात्र छात्रा सहभागी
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेलमी क्रिकेट एकेडेमीको मैदानमा १२ दिने क्रिकेट ट्रेनिङ्ग क्याम्प सुरु भएको छ । होली फेमली क्रिकेट एकेडेमीले बुधबारदेखि बैशाख १० गतेसम्म क्रिकेट क्याम्पस सञ्चालन गरिएको छ ।
क्याम्पसमा दुई सय खेलाडी सहभागी भएका छन् । उनीहरुलाई क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले समूह बनाएर प्रशिक्षक दिएको होली फेमली क्रिकेट एकेडेमीका सचिव महादेब भट्टले बताए ।

ट्रेनिङ्ग समय बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ३ बजेर ३० मिनेट देखि ६ बजेर ३० मिनेटसम्मको समय तोकिएको छ ।
क्रिकेटको मापदण्ड अनुसार निमार्ण गरिएको मैदानमा र्फ पिच र ३ वटा नेट लगायतका सुविधा छन् । तालिममा सहभागी सबै छात्र छात्रा ९ देखि १८ बर्ष उमेर समूहका भएको होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष भुपाल बिष्टले बताए ।
