ghar sansar

बैतडीमा जीप दुर्घटनाका चालक प्रहरी नियन्त्रणमा

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीमा ६ जनाको ज्यान जाने गरी दुर्घटना भएको जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनीमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

,orning glory badhai
dirghayi clinic

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जीपमा सवार पाँचजनाले हाम फालेर ज्यान बचाएका थिए ।

दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए। उनीहरूले चालक,साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गर्दै शव नबुझ्ने तथा घटनास्थलमै राजमार्गमा शव राखेर चक्काजाम गरेर आन्दोलन गरेका थिए ।

चालक र साहु सम्पर्कमा आएको र केदारस्युँ गाउँपालिकाले पनि क्षतिपूर्ति दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता गर्दै शव बुझेका छन् ।

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन् । जीप सडकबाट ५०० मिटर तल खसेको थियो । उकालो सडकमा एक्कासी जिप ब्याक भएर भीरमा खसेको थियो। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...