ghar sansar

भीमदत्तले महाकाली नदीको रोयल्टी छली नियन्त्रण मागमा वेवास्ता गरेको भन्दै चार राजनीतिक दल आन्दोलित, एमाले नगर कमिटीलाई बुझाएका सहयोगका लागि ज्ञापन

khasi

महेन्द्रनगर । महाकाली नदीको रोयल्टीको राजश्व छली नियन्त्रणका लागि पहल गर्न माग गर्दै भीनपा ११ का चार राजनीतिक दलले नेकपा एमालेलाई मागपत्र बुझाएका छन् । ती दलले वडामा संयुक्त बैठक बसेर राजश्व छली नियन्त्रणका लागि पहल गरि दिन एमालेको भीमदत्त नगर कमिटीलाई मागपत्र बुझाएको छ ।

एमाले पार्टी कार्यालयमा एमाले सहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले नगर कमिटी अध्यक्ष हिमाल चन्दलाई मागपत्र बुझाएका हुन् ।

western public academy

एमाले भीनपा ११ का वडा कमिटी अध्यक्ष गीता ओलीले नगरपालिका कार्यालयको छापविना रोयल्टी राजश्व संकलन भई रहेको बाहिर आएपछि त्ययसलाई नियन्त्रणका लागि माग राखेर नगरपालिकामा बुझाएको ज्ञापन पत्रबारे सुनवाई नभएपछि दवाव दिनका लागि एमाले नगर कमिटीलाई मागपत्र बुझाएको बताइन् ।

dirhayu

‘रोयल्टी राजश्व कार्यालयको छापविना नै अशुल गरिएको पाईएपछि त्यसलाई नियन्त्रणका लागि चैत २३ गते रोक्न नगरपालिकामा ७ बुँदे मागपत्र बुझाएका थियौ, त्यो मागपत्र सम्बन्धि कुनै सुनुवाई भएन, त्यो नभएपछि राजश्व छली नियन्त्रण आन्दोलनको नेतृत्वका लागि माग पत्र बुझाएका छौ’ उनले भनिन् ।

भीमदत्त नगरपालिका कार्यालयको छापविना रोयल्टी अशुल गरिएको रसिद भेटिएपछि स्थानीयले चैत २३ गते राजश्व संकलन हुने स्थानमा सीसीटिभी क्यामेरा जडान सहितका माग राखेर ज्ञापन पत्र बुझाएको थियो ।

एक साताको समयवाधि दिएर बुझाएको ज्ञापन पत्र सम्बन्धि सुनुवाई नभएपछि शुक्रबार वडाका चार राजनीतिक दलले संयुक्त बैठक गरी पहिलो चरणमा राजनीतिक दललाई सहयोगका लागि माग पत्र बुझाएका छन् । ती दलले ज्ञापन पत्रबारे सुुनुवाई नभएकोमा खेद व्यक्त गर्दै चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका छन् ।

पहिलो चरणको आन्दोलन अन्र्तगत एमाले लगायतका दललाई माग पत्र बुझाइएको एमाले वडा कमिटी अध्यक्ष ओलीले बताइन् ।

Himal dental
सम्बन्धित
Loading...