ghar sansar

सुदूरपश्चिममा बेरुजु : बान्नीगढी जयगढमा सबैभन्दा कम, शैल्यशिखरमा सबैभन्दा बढी

महेन्द्रनगर । सुदूरपश्चिममा अछामको बान्नीगढी जयगढ गाउँपालिका सबैभन्दा कम बेरुजु आउने स्थानीय तह भएको छ ।

महालेखा परीक्षक कार्यालयको ६० औं प्रतिवेदन अनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमा बान्नगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम र दार्चुलाको शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी बेरुज देखिएको हो ।

lotus institite
daimond public

सुदूरपश्चिममा सबैभन्दा कम बेरुजु आएको अछामको बान्निगढी जयगढ गाउँपालिकाले कुल ९३ करोड ६७ लाख ५१ हजारको कुल लेखापरीक्षण गरेको ०.९४ प्रतिशत अर्थात ८८ लाख ४ हजार र सबैभन्दा बढी बेरुजु आएको दार्चुलाको शैल्यशिखर नगरपालिकाले १ अरब ३४ करोड ६५ लाख ९८ हजारको लेखापरीक्षण भएकोमा ११.९१ प्रतिशत अर्थात १६ करोड ३६ लाख ३ हजार बेरुजु आएको महालेखाको ६० औं प्रतिबेदनमा उल्लेख छ ।

प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ ।

बान्निगढी गाउँपालिका आर्थिक वर्ष २०७७÷०७८ मा अछाम जिल्लाका दश वटा स्थानीय तहहरुमा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको गाउँपालिकाका लेखा अधिकृत नारद खनालले बताए ।

Himal dental
सम्बन्धित
Loading...