ghar sansar

सुदूरपश्चिम फेरि बढ्न थाल्यो कोरोना, भारतबाट घर फर्किएकालाई सीमा नाकामा अनिवार्य परीक्षण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार ३८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

daimond public

नाकामा गरिएको एन्टीजेन परीक्षणमा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा संक्रमण पुष्टि भएको थयो ।

lotus institite

यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको छ ।

सुदूरपश्चिममा हालसम्म ६ लाख ५४ हजार ४७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार १८७ जनामा संक्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म ६३५ जनाको ज्यान गइसकेको छ ।

Himal dental
सम्बन्धित
Loading...