ghar sansar

निङ्गलाशैनीका प्रधानाध्यापक पन्त प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित निङ्गलाशैनी माद्यमिक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्त, राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् ।

daimond public

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०७९ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गरेका हुन् ।

lotus institite

सोहि अवसरमा प्रअ पन्तलाई ‘प्रबल जनसेवा श्री’ मानपदवी प्रदान गरिएको छ । नयाँ वर्षको पहिलो दिन उक्त विविध मानपदवी हस्तान्तरण गरिने प्रचलन छ । प्रअ पन्त माध्यामिक तह प्रथम श्रेणी शिक्षक हुन् ।

Himal dental
सम्बन्धित
Loading...