कृष्णपुरमा विद्यालय मर्ज र डाउन साइजको विरोध, एमाले नगर कमिटी अध्यक्ष ऐरीले दिए निर्णय फिर्ता लिन चुनौती
महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर विरोध गरिएको छ । मर्ज र डाउन साइजका नाममा विधि र पद्धति विना गरिएको निर्णय मान्य नहुने भन्दै विरोध गरिएको हो ।
एमाले कृष्णपुर नगरकमिटि अध्यक्ष गणेश सिँह ऐरीले सामाजिक सञ्जालमार्फत विधि पद्धति र मापदण्ड विनै गरिएको निर्णय महंगो सावित हुन सक्ने बताएका छन । उनले भौतिक पुर्वाधारको निर्माण लगायतका चौतर्फी विकासका लागी स्थानियले गरेको मेहनत बालुवामा पानी हुने स्थितिको सृजना नगर्न अनुरोध गरेका छन ।
उनले मर्ज र डाउन साइजका नाममा विद्यालयमा भर्ना गरिएका साना साना बालबालिकाहरुको भविष्य माथी खेलबाँड गर्ने काम नगर्न समेत सुझाएका छन् ।
नगरपालिकाकाले नगरभित्रका ५ वटा विद्यालयलाई डाउन साइज र मर्ज गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाको चैत २८ गतेको बैठकले नगरपालिका वडा नं. ५ को बनदेवी आधारभुत विद्यालय, वडा नं. १ को बालदिपज्योती आधारभुत विद्यालय, सोही वडाको जनज्योती आधारभुत विद्यालय, वडा नं. ४ को सिद्धनाथ आधारभुत विद्यालय र वडा नं. २ को सत्यवादी आधारभुत विद्यालयलाई मर्ज र साइज डाउन गर्ने निर्णय गरेको थियो ।
कक्षा ८ सम्म अध्यापन हुदै आएको बनदेवी आधारभुत विद्यालयलाई कक्षा ५ सम्म, कक्षा ५ सम्म अध्यापन हुदै आईरहेका बालदिपज्योती, जनज्योती एवम् सिद्धनाथलाई कक्षा ३ सम्म र कक्षा ५ सम्म नै अध्यापन हुदै आईरहेको सत्यवादी आधारभुत विद्यालयलाई भने शिशु कक्षासम्म कायम राख्ने नगरपालिकाले निर्णय गरेको थियो ।
सत्यवादी आधारभुत विद्यालयलाई वडा नं. २ मै रहेको उदय माध्यमिक विद्यालयमा समायोजन गर्ने समेत नगरपालिकाले निर्णय गरेको थियो ।